बाढीपीडित परिवारलाई थारु महिला उत्थान समाजको राहत सहयोग


सुनसरी, साउन ३० गते । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ अन्तर्गतको पिपरा, पानी टंकी टोल डुवानमा परेपछि सो टोलका करिब ४० घरपरिवारका सदस्यहरुलाई थारु महिला उत्थान समाजले राहत सामग्री वितरण गरेको छ ।

उत्थानले सो टोलका दलित तथा मुस्लिम वस्तीमा त्रिपाल, खाद्य सामग्री र मिनरल वाटर गरी करिब २० हजार रुपैयाँ वरावरको राहत सामग्री वितरण गरेको समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो ।  समाजका सदस्यहरु र मिलनटोलबासीको संयुक्त सहकार्यमा राहत सामग्री वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

केही दिनको निरन्तर भारी भार्षाकाकारण सुनसरीको रामधुनी न.पा. वडा नं. १, २ र ३ का वस्तीहरु बढी डुवानमा परेका थिए ।  स्थानीय सर्दु खोलाको बाढीकाकारण ती वस्तीहरु डुवानमा परेपछि पीडितहरुको विचल्ली भएको थियो । बाढीपीडित हकिम अन्सारीले राहत सामग्री प्राप्त भएपछि सन्तोष मिलेको बताउनुभयो ।

सरकारी कोही प्रतिनिधि राहत सामग्री दिन नआए पनि थारु महिला उत्थान समाजका सदस्य तथा टोलबासीले सहयोग गर्दा राहत महुशस भएको अन्सारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया