
कुलदिप चौधरी
सुनसरी, भाद्र ४ गते । थारु महिला उत्थान समाजले आफ्नो प्रथम साधारणसभा शनिबार यहाँ भव्यताकासाथ सम्पन्न गरेको छ । सो संस्था २०७३ सालमा विधिवत दर्ता भई गठन भएको थियो ।
समाजका अध्यक्ष सीता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सहभागी अतिथिहरुले संस्थाको गतिविधि को प्रसंशा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै रामधुनि नगरपालिकाका मेयर तथा प्रमुख अतिथि जयप्रकास चौधरीले उत्थान समाजले छोटो अवधिमा धेरै काम गरेर समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । समाजले महिलाहरुको हकअधिकार, महिला हिंसा, शोषणमा परेका महिलाहरुको उदार गरी रास्ट्रकैलागि उदाहणिय काम गरिरहेको बताउनुभयो ।
विशिष्ट अतिथी तथा उपमेयर सबिना चौधरीले सम्बोधन गर्दै अबका दिनहरुमा महिलाहरु हरेक कार्यमा अगाडि बढनु पर्ने बताउनुभयो । पुरुषजस्तै सबै महिला काम गर्न सक्षम भइसकेको बताउँदै उहाँले महिलाले अवसर पाउनुपर्ने तर्क गर्नुभयो । ्

त्यसैगरी आदिवासी जनजातिका नगरअध्यक्ष राजकुमार चौधरीले आदिवासीको नामबाट आएको अनुदान रकम वहाहरुकैनिम्ति भएको हुदा मेरो साथ र सहयोग सधै रहने बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यलय पकलिका प्रमुख सान्तराम कार्की, फोनिजका अध्यक्ष धिरेन्द्र चौधरी, कानुनी ब्यबसायी प्रदीप काफ्ले, थारु पत्रकार संघका अध्यक्ष कुलदिप चौधरी, मोरङ्का अध्यक्ष एल.एन. गच्छदार, सामाजिक योजना प्रमुख हर्सलाल चौधरी लगायतका वक्ताहरूले समाजको कामको बारेमा प्रसंशा गर्नुभएको थियो ।

थारु महिला उत्थान समाज २०७३ सालमा स्थापना भइ ४३ जना सदस्यमा विस्तार भएको आयोजकले बताएको छ । अस्ती भर्खरै आएको बाढीपहिरोले पीडित घर परिवारलाइ उत्थान समाजले राहत बितरण गरेको कुरा समाजकी सचिव आशा चौधरीले जानकारी गराउनुभयो । सो अवसरमा समाजको तर्फबाट अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।




