
काठमाडौँ, भदौ ६ गते । नेपाल पत्रकार महासंघमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनले पदाधिकारीमा प्यानलै विजयी प्राप्त गरेको छ । नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताउनुभएको छ ।
महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले महासंघलाई सबैको साझा चौतारीकारुपमा लैजान आफूले काम गर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहने धारणा पनि व्यक्त गर्नुभयो ।
महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, तारानाथ दाहाल, सल्लाहकार पोषण केसी, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मालगायतले महासंघलाई सबैको साझा संस्था बनाएर श्रमजीवी पत्रकारको हकहितका लागि काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।
सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार आचार्य ७३२ मत प्राप्तगरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभएको थियो ।
सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार आचार्य ७३२ मत प्राप्तगरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभएको थियो ।
अन्य पदाधिकारीमा पनि आचार्य नेतृत्वकै प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यमा प्रेस चौतारी नेपाल समूहका प्रतिनिधि विजयी भएका छन् । कुल एक हजार ५०६ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो ।
निर्वाचित पदाधिकारीमा खुला उपाध्यक्षमा विपुल पोख्रेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जिएम, मधेशी सचिबमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित हुनुभयो ।
यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी र लेखा सदस्यमा मीरा राजभण्डारी र भूपेन्द्र आचार्य विजयी हुनुभएको छ । खुला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही, नकुल अर्याल, लक्ष्मण कार्की र हरिहरसिंह राठौर विजयी हुनुभएको छ ।
महिला केन्द्रीय सदस्य जानुका बराल, श्वेता सिह्ना र सृजना अर्याल, दलित केन्द्रीय सदस्यमा गोपाल बराइली र मधु शाही, उपत्यका केन्द्रीय सदस्यमा गोविन्दप्रसाद चौलागाईं र लेखनाथ न्यौपाने, आदिवासी जनजाति केन्द्रीय सदस्यमा टेकराज थामी र राजेश चाम्लिङ राई, मधेशी केन्द्रीय सदस्यमा अवधेशकुमार झा र सुरेशकुमार यादव, केन्द्रीय सदस्य अपांगता माधव चम्लागाई, केन्द्रीय सदस्य अल्पसंख्यकमा छेटु शेर्पा, केन्द्रीय सदस्य प्रतिष्ठानमा टीकाराम प्रधान र यम विरही, केन्द्रीय सदस्य एशोसिएटमा पवन आचार्य र राधेश्याम दाहाल विजयी हुनुभएको छ ।
यस्तै प्रादेशिक केन्द्रीय सदस्यमा प्रदेश नं १ बाट उद्धव तिम्सिना र सटेन्द्र जवेगु, प्रदेश २ बाट देवकुमार यादव र शैलेन्द्र झा, प्रदेश नं ३ बाट कृष्ण गिरी र द्वारिका काफ्ले, प्रदेश ४ बाट नवीनराज कुइँकेल र रामकृष्ण ज्ञवाली, प्रदेश नं ५ बाट पुरुषोत्तम सुवेदी र वसन्त गिरी, प्रदेश नं ६ बाट पूर्णप्रसाद चौलागाईं र कलेन्द्र सेजुवाल र प्रदेश नं ७ बाट मीन बम, उत्तरसिंह विष्ट र श्यामदत्त भट्टले बराबर मत प्राप्त गर्नुभयो ।




