थारु अगुवाले अट्वारी पर्वमा दुई दिनको सार्वजनिक विदा माग गरे


सन्तोष दहित

तुलसीपुर, भदौ १० गते । थारु समुदायको अट्वारीलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रममा बोल्ने थारु अगुवाहरुले गुनासो गरेकाछन्  । शनिवार तुलसीपुर ५, जबरपुरस्थित नमूना भूह्यार थानमा थारु पत्रकार संघ, ख्याल बगाल, नमूना भुह्यार थानको संयुक्त आयोजनामा अट्वारीको शुभकामना आदानप्रादन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

उनिहरुले देशमा लोकतन्त्र गणतन्त्र स्थापना भएको लामो सयम वितेपनि अझैसम्म थारु समुदायले लोकतन्त्रको अनुभुति गर्न नपाएको गुनासो गरे । देशमा विभिन्न जात जातिहरुलाई राज्यले सार्वजनिक विदा दिने गरेता पनि आदिवासी थारु समुदायको परम्परागतदेखि मान्दैआएका चाडपर्वलाई वेवास्ता गर्दै आएको समेत आरोप लगाए । यदि राज्यले थारु समुदायलाई सम्मान र समानता गर्न चाहन्छ भने अट्वारीमा कम्तीमा दुइदिन सार्वजनिक विदा दिनुपर्छ वक्ताहरुले भने ।

यदि राज्यले थारु समुदायलाई सम्मान र समानता गर्न चाहन्छ भने अट्वारीमा कम्तीमा दुइदिन सार्वजनिक विदा दिनुपर्छ वक्ताहरुले भने ।

संघको अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा तथा नमूना भुह्यार थानका अध्यक्ष एवम् अधिवक्ता रामशरण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. सुरेन्द्र चौधरी, मुक्त कम्लरी विकास मञ्चका सल्लाहाकार उर्मिला चौधरी, स्थानिय बुद्धिजीवि राजबहादुर घर्ती, भूह्यारथान तुलसीपुरका उपाध्यक्ष नाराण चौधरी, साहित्यकार लब्लीन क्यानभास, पत्रकार विष्णु कुसुम, कृष्णप्रसाद चौधरी, थारु पत्रकार संघ तुलसीपुरका संयोजक लालु चौधरी लगायतले बोल्नुभएकोथियो ।

ख्याल बगाल दाङका संयोजक सवि थारुको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा सहजीकरण थारु पत्रकार संघ दाङका सचिव नविन चौधरीले गर्नुभएकोथियो ।

तपाईको प्रतिक्रिया