थारु पत्रकार संघ नेपाल बाँकेको साधारणसभा भाद्र १८ गते हुने


भगतराम थारु
बाँके, भाद्र १४ गते । थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो बार्षिक साधारणसभा यहि भाद्र १८ गते नेपालगन्जमा हुने भएको छ । संघ नेपाल बाँके शाखाको आज नियमित बैठक बसी यहि १८ गते दोस्रो बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

शाखा अध्यक्ष विमला चौधरीको अध्यक्षतामा बसेको बैठकले आगामी कात्तिक १८ गते सुनसरी जिल्लामा हुने केन्द्रिय अधिवेशनको तयारीका लागि समेत छलफल गरिएको थियो ।

केन्द्रीय अधिबेशन तयारीका लागि अध्यक्ष विमला चौधरीको संयोजत्वमा ५ सदस्यीय समिटि गठन समेत गरिएको छ । अबिधेशन तयारीको सदस्यहरुमा सचिव भगतराम थारु, कोषाध्यक्ष सुमित्रा चौधरी, सदस्य शम्भुप्रसाद थारु, विद्या चौधरी रहेका छन् ।

तपाईको प्रतिक्रिया