बाढीले तीन सन्तान गुमाएका कमिलाल थारु घर निर्माणको तयारीमा


भगतराम थारु
नेपालगन्ज, भाद्र १६ गते । केही दिन अघिको बाढीले तीन सन्तान गुमाएका बाँके राप्ती सोनारी गाउँपालिका ४ लालपुरका कमीलाल थारुले भत्केको घरलाई पुनःनिर्माण गर्ने तयारी गरेका छन् ।

अध्यारो मुख लगाउदै काम गर्दाको जाँगर उनमा देखिएको थिएन् । मनमा जोस जागर पटक्कै देखिएको थिएन कमिलालको मुखमा । होस पनि कसरी ? ३ सन्तान गुमाएको पीडाले उनमा २ घण्टाको बसाईमा हासो देख्न पाइएन ।

भत्केको घरलाई सम्हाल्दै थिए कमिलाल । उनको घरमा कोही नभएकाकारण स्थानियले समेत घर बनाउन सघाउदै आएका छन् । ३ दिनदेखि कमिलालको घर बनाउन स्थानिय लागिपरेका छन् । घर बनाउने वित्तिकै छोरीहरुको काजक्रिया गर्ने वातावरण मिलाउछु कमिलालले भने । साउन अन्तिम साता आएको बाढिले कमिलालको तीन छोरी आकालमा ज्यान गुमाएका थिए ।

राती आएको बाढीले कमिलालको ३ वटा छोरी घर भत्कीएर पुरिएर ज्यान गुमाएका हुन् । कमिलाल अहिले आफ्नो भत्केको घर बनाउनमा व्यस्त छन् । अरुले राहत वितरण कहाँ भैरहेको छ भनेर खोज्दै हिड्छन तर कमिलाल भने घरमै अध्यारो मुख लिएर काम गर्नेगरेका छन् ।

२ कठ्ठा जग्गा भएको कमिलाल भर्खर कमाउन पोखरा गएका थिए । पोखरा गएका कमिलाल गाउँमा बाढि आएको खवरले चिन्तीत थिए । विहान मात्र कमिलालले ३ छोरी पुरिएको खवरले झन चिन्तीत भए । घरमा तत्काल आए । घरमा पुग्दा छोरीको दाहसंस्कार समेत गरिसकिएको थियो ।

एक महिनाअघि १३ महिने कान्छी छोरीको बिरामी परेर मृत्यु भएको पीडा छदै थियो उनमा । बाढीले ३ सन्तान गुमाएको पीडाले सोच्नै नसक्ने स्थितीमा पु¥याएको छ, कमिलालले भने कान्छी छोरी वितेको पीडा सेलाउन नपाउँदै बाढीले घर भत्काउँदा कक्षा ६ मा पढ्ने जेठी छोरी अन्जु, कक्षा ४ मा पढ्ने माइली छोरी सरिता र कक्षा २ मा पढ्ने साइली छोरी सुस्मिताले पनि अकालमा ज्यान गुमाए ।

बाढीले कोख रित्याइदिएको पीडा एकातिर छ भने अर्कोतिर भत्केको घर कसरी ठड्याउने भन्नेमा कमिलाललाई अर्को चिन्ता छ । अहिले स्थानिय गाउँका दाजुभाइ मिलेर उनको घर बनाउन सघाउदै आएका छन् । २२ जना स्थानियले कमिलालको घर बनाउन सघाउदै आएका छन् । भत्केको घरलाई पुननिर्माणमा कमिलाल पनि लागि परेका छन् ।

खुटुखुटु कोदालोले खन्दै कमिलाल भने के गर्ने दुखियाको मनमा जहिले पनि पीडा नै पीडा थप्दो रहेछ । छोरी गुमाएको पीडाले श्रीमतीलाई दिदीसासुको घरमा राखेको छु । सरकारले कमिलालको परिवारलाई राहतस्वरुप ६ लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केहीदिन अघि बाढी प्रभावित क्षेत्रमै पुगेर पीडित कमिलाललाई चेक हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया