
कुलदिप चौधरी
सुनसरी, भदौ २२ गते । थारु महिला सभा सुनसरीले थारुको अर्को महान पर्व जितियाको अवसरमा सुनसरीको दुई ठाउँमा जितिया कार्यक्रम गर्ने बताएको छ । विहिबार पत्रकार सम्मेलन गरी सभाले सो जानकारी गरायो ।
इटहरी उपमहानगरपालिकाको सास्कृतिक सभा हलमा गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिदै सभाले भाद्र २७ गते इटहरीमा र २८ गते झुम्का बजारमा कार्यक्रम गर्ने भएको छ ।

थारु कानुनी व्यावसायी सभाका अध्यक्ष तथा थारु कल्याणकारिणीसभाका केन्द्रिय सल्लाहकार समेत रहनु भएका रामराज चौधरीले थारु पहिचानका लागि पनि थारु सांस्कृतिक कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो । सभा सुनसरीकी अध्यक्ष सुशीला चौधरीकाअनुसार २७ गते इटहरि र २८ गते झुम्कामा मनाउन तयारी भएको छ ।




