
लालु थारु
तुलसीपुर, असोज २ गते । थारु पत्रकार संघ दाङको असोज ७ गते हुने जिल्ला अधिवेशनको भव्य तयारी भइरहेको सो संस्थाले बताएको छ । तयारीका लागि शनिबार तुलसीपुरमा संघको बैठक सम्पन्न भएको छ ।
संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षता एवं संघका कानूनी सल्लाहकार रामशरण चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । बैठकले अधिवेशन सफल पार्न विभिन्न उपसमिति समेत गठन गरेको छ ।
तुलसीपुर क्षेत्रका संयोजक लालु चौधरीको संयोजकत्वमा तुलसीपुर क्षेत्रका सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुलाई संगठित, सदस्यता नवीकरण एवं प्रचारप्रसार उपसमिति गठन गरेको छ । सदस्यहरुमा अमर चौधरी, निता चौधरी रहनुभएको छ । गठित उपसमितिले क्रियाशील पत्रकारहरुलाई संगठित गर्ने, थारु पत्रकार संघको सदस्यता वितरण र नविकरण गर्ने बताएको छ ।
त्यस्तै बैठकले अञ्जना चौधरीको संयोजकत्वमा अधिवेशनकालागि आर्थिक संकलन उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा उदिराम चौधरी, सरीता चौधरी, महेन्द्र चौधरी रहनुभएको छ ।
अधिवेशन सफल पार्न संस्थाका कानूनी सल्लाहकार रामशरण चौधरीले पाँच हजार, श्रीराम दहितल पाँच सय पाँच रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।
यसैबीच अधिवेशन सफल पार्न संस्थाका कानूनी सल्लाहकार रामशरण चौधरीले पाँच हजार, श्रीराम दहितल पाँच सय पाँच रुपैयाँ नगद सहयोग गर्नुभएको छ । बैठकले यही असोज ७ गते हुने थारु पत्रकारको जिल्ला अधिवेशनलाई सम्पूर्ण संघ संस्था, राजनीतिक दललगायत सम्पूर्णमा सहयोगको अपिल गरेको छ ।
भेलाले थारु पत्रकार श्रीराम दहितकी आमाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना र शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ । भेलाको सहजीकरण नविन चौधरीले गरेका थिए ।




