शिवराज थारुले जिते यामाहा मोटरसाईकलको बम्पर पुरस्कार


काठमाडौं, मंसिर १२ गते । लक्की ड्रमार्फत् यस वर्षको यामाहा मोटरसाईकल पुरस्कार भैरहवाका शिवराज थारुले हात पारेका छन् ।  नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’ को बम्पर पुरस्कार विजेता घोषणा गर्दा थारु पुरस्कार जित्न सफल हुनुभएको हो ।

थारुले लकी ड्रमार्फत् यामाहाको तर्फबाट ब्रान्ड न्यु स्कोडा ¥यापिड जित्नु भएको छ । लकी ड्रको प्रसारण यामाहा नेपालको आधिकारिक फेसबुक पेज र हिमालय टेलिभिजनको कार्यक्रम द इभिनिङ सो एट ६ मा गरिएको थियो ।

भेषावकरले दसैं योजना सुरु भएयता यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकको नाम राखिएको बक्सबाट शिवराज थारुको नाम निकाल्नुभयो ।

लकी ड्रमा एमएडब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यामाहा मोटरसाइकलका ब्रान्ड एम्बेसेडर शरद भेषावकरको उपस्थिति थियो । भेषावकरले दसैं योजना सुरु भएयता यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकको नाम राखिएको बक्सबाट शिवराज थारुको नाम निकाल्नुभयो ।

थारुले युरोपमा सबैभन्दा बढी रुचाइएको स्कोडा ¥यापिड कार जितेका छन् । उनले भैरहवास्थित किस्मत अटोमोबाइल्सबाट यामाहा एफजी–एस एफआई स्पेसियल एडिसन खरिद गर्नुभएको थियो ।

सो लकी ड्रमा काठमाडौंका दिनेश पोखरेलले एक लाख रुपैयाँ जित्नुभएको छ । उहाँले त्रिपुरेश्वरस्थित यामाहा सोरुमबाट यामाहा एफजी एस एफआई खरिद गर्नुभएको थियो । उहाँसहित ११ जनाले यामाहाको तर्फबाट एक एक लाख रुपैयाँ जितेका छन् ।

तपाईको प्रतिक्रिया