शहरी गरिबी निवारण मञ्चको वार्षिक साधारण सभा सम्पन्न


दुष्यन्त चौधरी
कलैया, पुस ५गते । बाराको सदरमुकाम कलैयास्थित रहेको बारा उद्योग वाणिज्य संघमा शहरी गरिबी निवारण मञ्चको छैठौ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

शहरी गरिबी निवारण मञ्च बाराका अध्यक्ष मुकेशप्रसाद साहको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारको प्रमुख अतिथीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले कलैया उपमहानगरपालिका भित्र रहेका दलित तथा अति बिपन्नवर्गका परिवारहरुकालागि सुरक्षीत आवासको कार्यक्रम गर्दै आईरहेको छ ।

कार्यक्रममा कलैया उपमहानगरपालिका कार्यालयका लेखा अधिकृत मुस्ताक अंसारी, कलैया उपमहानगरपालिका कार्यालयका वातावरण शाखा प्रमुख रामजी मण्डल, बारा उद्योग वाणिज्य संघका अध्यक्ष बिनोद साह, कलैया उपमहानगरपालिकाका १७ का वडा अध्यक्ष मन्जय देवान, महिला सेलका प्रहरी नायब निरिक्षक लालुमाया श्रेष्ठ, लुमन्ती काठमान्डौंका कार्यक्रम संयोजक महेन्द्र शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन रबिन्द्र प्रसाद साहले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य सुधाकर यादवले गरेका थिए । लुमन्ती आवासकालागि सहयोग समुहले सहयोग गरेका थिए । यस संस्थाले कलैया उपमहानगरपालिका भित्र रहेका दलित तथा अति बिपन्नवर्गका परिवारहरुकालागि सुरक्षीत आवासको कार्यक्रम गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया