पिपरा दोस्रो गोल्डकप प्रतियोगिता आगामी माघ ११ देखि बारामा हुने


दुष्यन्त चौधरी
कलैया, पुस १२ गते । पिपरा गोल्डकपको दोश्रो संस्करण माघ ११ गतेदेखि बाराको करैयामाई गाउपालिका ७ पंचगछिया खेल मैदानमा संचालन हुने भएको छ ।

बाराको सदरमुकाम कलैयास्थित रहेको थारु कल्याणकारिणी सभा हलमा आयोजक सृजनसील युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा बुधबार जानकारी गराएको हो ।

आयोजक क्लबकाअनुसार प्रतियोगितामा भरतपुर फुटबल क्लब, विजययुथ क्लब, युनाइटेड क्लब, हिमकस्तुरी क्लब, एपिएफ क्लब, चन्द्रपुर–११, चौधरी–११, आर्मी क्लब, महोत्तरी–११ र आयोजक सृजनसील युवा क्लब पिपरा बारा सहभागी हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको बिजेताले एक लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपबिजेताले ७५ हजार रुपैया प्राप्त गर्ने आयोजक कल्बका अध्यक्ष वृजमोहन चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले एक लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपबिजेताले ७५ हजार रुपैया प्राप्त गर्ने आयोजक कल्बका अध्यक्ष वृजमोहन चौधरीले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव ज्ञानेन्द्र प्रसाद दासले बताउनुभयो ।

प्रतियोगिताको अनुमानित बजेट ४८ लाख रहेको अध्यक्ष वृजमोहन चौधरीले बताउनुभयो । पत्रकार सम्मेलनमा करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामी, उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगवहादुर साह, सल्लाहकार श्रीराम साह, सदस्य केन्द्रिका चौधरी धामी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा सृजनशील युवा क्लवका सचिव ज्ञानेन्द्र प्रसाद दासले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रममा स्वागत उपाध्यक्ष लालबहादुर चौधरीले गरेका गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया