महोत्सव कार्यक्रमले भाषा संस्कृतिमा टेवा, मिलेर गर्न दवाव


सुनिल चौधरी
झुम्का, पुस १३ गते । थारुहरुले बोल्ने मातृभाषा थारुभाषा उनीहरुबाटै कम प्रयोगले भाषा लोप हुदै गईरेहको अडकल गरिएको छ । पूर्वमा सप्तरीया, मोरंगीया र सुनसरीमा बोल्ने भाषा केहि फरक रहेपनि बोलिचालीमा बोल्ने गरे तापनि कार्यक्रम, तालिम, सभाहरुमा प्रयोगमा नआएका कारण थारुको पहिचान नै गुम्ने खतरा भएको निष्कर्ष एक कार्यक्रममा गरिएको छ ।

थारु महिला उत्थान समाज रामधुनीले यहाँ गरेको छलफबाट त्यस्तो निस्कर्ष निकालिएको हो । नजिकिदै गरेको नेपालीहरुको जाडो भगाउने पर्वको रुपमा परिचित माघे संक्रान्तिमा महोत्सवको अयोजना पनि समाजले गर्ने भएको छ ।

थारु महिला उत्थान समाज रामधुनीले यहाँ गरेको छलफबाट त्यस्तो निस्कर्ष निकालिएको हो । नजिकिदै गरेको नेपालीहरुको जाडो भगाउने पर्वको रुपमा परिचित माघे संक्रान्तिमा महोत्सवको अयोजना पनि समाजले गर्ने भएको छ ।

थारु भाषा कम प्रयोग भएको सहभागी बुद्धिजिविले बताएका छन् । छलफल तथा अन्तरक्रियामा सामाजिक अभियान्ता पुष्प भट्टराईले कुरा उठाउदै थारु पहिचानको रुपमा भाषा प्रयोग हुनुपर्ने बताउनु भयो । थारु कला संस्कृति संरक्षण गर्ने कार्यक्रम धेरै भएपनि भाषा नै प्रयोग कम हुने गरेको उहाँको तर्क छ ।

बिश्वमा अंग्रेजी भाषा, नेपालमा नेपाली भाषा सम्पर्कको भाषा भएपनि मातृभाषाका रुपमा थारु भाषालाई अधिक्तम रुपमा प्रयोगमा ल्याएर थारु आफनो पहिचान शसक्त बनाउनु पर्ने सुझाव उहाँले दिनुभयो ।

छलफलमा सहभागी रामधुनी नगरपालिकाका शाखा प्रमुख हर्षलाल चौधरीले समेत भट्राईको कुरामा सहमती जनाउदै थारु भाषा बोलीचालीमा सहज भएपनि लेखाईको क्रममा कठिनाई हुने गरेको बताउनुभयो । भाषालाई संरक्षण तथा लेखाइमा समेत सजिलो बनाउन शब्दकोष हुनु आवश्यक पर्ने बताउदै थारु साहित्यकार, थारु भाषा जानकारहरुले अगाडी बढनु पर्ने चौधरीले बताउनु भयो ।

थारु भाषाका चलचित्रमा अभिनय गरिसकेका रामधुनी वडा नं. १ सैनिमैनिका दिलिप चौधरीले राज्य, सरोकारवाला लगायत हरेक क्षेत्रबाट आजैबाट उत्थान गर्न जुटे भाषा जोगाउन सम्भव हुने बताउनुभयो । त्यसैगरी छलफलमै रामधुनी वडा नं. १ कै लामो समय देखि शिक्षिका पेशामा आबद्ध रामकुमकारी चौधरीले थारुभाषा संरक्षणकालागि स्कुल स्तरबाटै पढाई हुनुपर्ने बताउनुभयो ।

तर राज्यबाट थारु भाषा नै संरक्षणकालागि ध्यान नदिएको अवस्था छ । थरुहट थारुवान आन्दोलन भएपनि थारु अगुवाहरु राज्यको नेतृत्वमा नपुगेकाले समस्या रहेको बताउनु हुन्छ उत्थान समाजकी अध्यक्ष सिता चौधरीले ।

भाषा उत्थाकालागि आफनो संस्था हरेक दृष्टिबाट लागिपरेको भन्दै थारुहरु त्यसकालागि एकभएर लाग्नुपर्ने बताउनुभयो । थारु पहिचानकालागि थारु संगठनहरु गठन भएपनि थारुकै नेतृत्व स्विकार गर्न नसक्ने अगुवाहरुको स्वार्थगत काम र क्रियाकलापले समस्या परिरहेको उहाँको भनाई छ ।

थारु पहिचानकालागि थारु संगठनहरु गठन भएपनि थारुकै नेतृत्व स्विकार गर्न नसक्ने अगुवाहरुको स्वार्थगत काम र क्रियाकलापले समस्या परिरहेको उहाँको भनाई छ ।

छलफलमा झुम्कामा दुई स्थानमा छुट्टाछुटै माघी महोत्सव मनाउने चर्चा भएसंगै एकै स्थानमा मनाउनु पर्ने निष्कर्ष सहभागीहरुले निकालेका छन् । यसरी दुई स्थानमा भएमा थारुको पहिचानमै आक्रमण हुन सक्ने टिप्पणी गरिएको छ । झुम्कामै दुई स्थानमा हुनु थारु खण्डित भएको शन्देस जाने बताएका छन् ।

थारु कल्याणकारीसभा जिल्ला सुनसरी, रामधुनी नगर कमिटि लाचार बन्दा झुम्कामा केहि थारु अगुवाहरुको गलत निर्णयकाकारण समस्या उत्पन्न हुने देखिएको छ । यसभन्दा पहिले पनि झुम्कामा जितिया कार्यक्रम दुई स्थानमा भएको थियो । यसबर्ष माघी महोत्सव थारु महिला उत्थान समाज रामधुनी, सुनसरी र थारु महिला सभा रामधुनी नगर समितिले मनाउने तयारीमा छन् ।

तपाईको प्रतिक्रिया