कैयाँ चौधरीको व्यवस्थापनमा पूर्व राजा ज्ञानेन्द्र शाह धनगढीमा


कैलाली, पुस २० गते । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक कार्यक्रमका लागि भन्दै कैलालीको धनगढी पुगेका छन् । उनले बुधबार धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गरेका छन् ।

पूर्वराजा शाहलाई धनगढीमा स्वागत गर्न पूर्व सांसद कैयाँ चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल स्वागत समिति गठन गरिएको छ । उनले शिवपुरी धाम परिसरमा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने क्रममा आफू यस धार्मिक क्षेत्रको दर्शनका लागि इच्छुक रहेको र यो अरु केही नभई विशुद्ध धार्मिक यात्रा रहेको बताए ।

शिवपुरी धामको दर्शन गरी फर्कने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिले देशको अवस्था राम्रो रहेको र अहिल्यै बोलिहाल्ने केही कुरा नरहेको बताए ।

उनले शिवपुरी धाम परिसरस्थित शिव मन्दिरमा पूजाआजा पनि गरे । शिवपुरी धामको दर्शन गरी फर्कने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिले देशको अवस्था राम्रो रहेको र अहिल्यै बोलिहाल्ने केही कुरा नरहेको बताए ।

सोल्टी होटल प्रालिको उदघाटनका लागि पूर्वराजा एक हप्तादेखि स–परिवार नेपालगञ्जमा बस्दै आएका छन् । बुधबार बिहान मात्रै धनगढी पुगेका उनको निजी सचिवालयले जनाएको छ ।

पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र नातिनी प्रेरणा शाह पनि धनगढी आउने कार्यक्रम रहेको भए पनि पूर्वराजा शाह मात्रै यस क्षेत्रको दर्शनका लागि आउनुभएको मूल स्वागत समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया