
सन्तोष दहित
घोराही, पुस २० गते । थारु कल्याणकारिणी सभा लगायत दर्जर्नौ थारु संघ संस्थाको आयोजनामा पुस २८ गते हुन लागेको माघी महोत्सव २०७४ को सफलताका लागि मुल आयोजक समिति दाङले थारु अगुवा, महटावा, अघवाहरुसँग विहिबार घोराहीमा बृहत छलफल गरेको छ ।
महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीको अध्यक्षतामा भएको छलफलमा बोल्ने बक्ताहरुले माघी महोत्सवलाई ऐतिहासिक बनाउन सुझाव दिएका थिए । थारु अगुवा, महटावा, अगवाहरुले महोत्सवलाई भब्य र सभ्य बनाउन आफुहरुले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीको अध्यक्षतामा भएको छलफलमा बोल्ने बक्ताहरुले माघी महोत्सवलाई ऐतिहासिक बनाउन सुझाव दिएका थिए ।
महोत्सवलाई जिल्लास्तर मात्र नभई प्रदेश स्तरिय बनाउन सके अझै राम्रो हुने तर समयको अभावले यस वर्ष जिल्लास्तरको महोत्सव बनाउनुपर्नेमा जोड दिएका थिए । करिब ४० गाउँका थारु अगुवा, महटावा, अगवाहरुको छलफलमा सहभागिता थियो ।
माघी महोत्सवको औचित्य र महत्वको विषयमा माघी महोत्सव मुल आयोजक समितिका सदस्य थारु अगुवा केबी चौधरीले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा साँस्कृतिक उपसमितिका संयोजक लक्ष्मीमान चौधरी, कलाकार समन्वय उपसमितिका संयोजक सालिकराम चौधरी, स्वंसेवक उपसमितिका संयोजक तेजमान चौधरी, महटावा लक्ष्मीप्रसाद चौधरी, बुद्धिराम चौधरी, जगविर चौधरी, कृष्ण चौधरी, थारु अगुवा प्रकाश चौधरी, सहदेव चौधरी, रामशरण चौधरी, लिलाराम चौधरी, साकार चौधरी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण महोत्सव मुल आयोजक समितिका सदस्य एवं प्रचार प्रसार उपसमितिका संयोजक सन्तोष दहितले गर्नुभएको थियो ।




