हिंसा न्यूनिकरणकालागि थारु महिलाहरुलाई न्यायसम्बन्धी प्रशिक्षण


सुनिल चौधरी
झुम्का,पुस २१ गते । थारु महिला सभा रामधुनी ४ इकाई कार्यसमितिले शुक्रवार महिलामा न्याय सम्बन्धि जानकारी गराउने उद्देश्यले लालपुरमा एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला अदालत ईनरुवा सुनसरीको आयोजना र इकाई सभाको सहकार्यमा महिला हिंसा न्युनिकरण तथा न्यायमा बाह्य पहुच घरेलु हिंसा, समस्या र चुनौतीको बारेमा जानकारी गराएको छ ।

थारु महिला न्यायीक सम्बन्धि ज्ञानको अभावले अन्याय सहन बाध्यहुने भएकाले उनीहरु आफै गएर न्यायको लागि लड्न सक्ने क्षमता अभिबृद्धि गर्नकालागि अयोजना गरेको इकाई कार्य समितिका सहसचिव सरस्वती चौधरीले बताइन् ।

महिलाहरु अदालत र मुद्दाको नाम सुन्ने बितिकै डराउने भएकाले न्याय पाउनबाट बञ्चित नरहोस भनेर जिल्ला अदालतकै न्याधिसहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको सहसचिव चौधरीले जानकारी दिएकी छन् । जिल्ला न्यायाधिश राजेन्द्रकुमार श्रेष्ठको सभात्विमा भएको सो कार्यक्रममा न्यायाधिश बिनोदकुमार गौतम, नारायणप्रसाद दाहाल र बार एसोशिएसन सुनसरीका अध्यक्ष प्रम पोख्रेलले न्याय सम्बन्धमा जानकारी गराउदै सहभागीहरुबाट समस्या र चुनौतिका बारेमा छलफल गरेका थिए ।

कार्यक्रममा न्यायाधिश बिनोदकुमार गौतम, नारायणप्रसाद दाहाल र बार एसोशिएसन सुनसरीका अध्यक्ष प्रम पोख्रेलले न्याय सम्बन्धमा जानकारी गराउदै सहभागीहरुबाट समस्या र चुनौतिका बारेमा छलफल गरेका थिए ।

छलफलमा सहभागीहरुले अंशबण्डा, हिंसा, कानुनी उपचारकालागि प्रश्न गरेका थिए । सहभागी कमली चौधरी, ललिता राई लगायतकाले घरेलु हिंसासम्बन्धि कानुनीमा भएको ब्यवस्था र उपचारकोबारेमा सोधका थिए ।

न्यायाधिश गौतमले महिला हिंसाकोबारेमा बताउँदै यस मुद्दामा २४ घण्टामै कानुनी उपचार पाउने बताएका छन् । महिलाको नाम गोप्य राखि नाम परिवर्तन गरी बन्द इजलासबाट छलफलगरी सुनुवाई गरिने बताएका छन् ।

कुनै हिंसामा परे आर्थिक अवस्था कमजोर भएकाहरुले बैतनी वकिलबाट थोरै शुुल्क तिरि अदालमा मुद्दा दायर गर्न सकिने बताए । त्यसैगरी स्थानिय तह, वडा कार्यलय, प्रहरी कार्यालय, महिला आयोगमा उजुरी दिन सकिने लगायतका ऐन नियमका कुराहरु जानकारी गराएका   थिए । लालपुरको रामधुनी माबिमा सम्पन्न सो कार्यक्रममा वडाका ५० भन्दा बढि महिलाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया