दाङमा माघी महोत्सवको रौनक, महरा र पोखरेलले उदघाटन गर्ने


सन्तोष दहित
घोराही, पुस २२ गते । थारु समुदायको महान पर्व माघी नजिकैगर्दा गाउँदेखि शहरसम्म माघी महोत्सवको रौनक बढेको छ । दाङको तुलसीपुरको महोत्सवलाई माओवादी केन्द्रका कृष्णबहादुर महरा र घोराहीको एमाले नेता शंकर पोखरेलले उदघाटन गर्नुहुनेछ ।

माघी आउन करिब एक हप्ता बाँकी भएपनि गाउँदेखि शहरसम्म माघी महोत्सवको तयारी शुरु भइरहेकोछ । कतै माघी विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने कतै माघी महोत्सव । खासगरि थारु समुदायको बाहुल्य रहेको जिल्लामा माघीको चहलपहल बढेको छ ।

दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चपुर र काठमाण्डौसहित करिब २२ जिल्लामा माघी महोत्सवको आयोजना हुने देखिएको छ । एउटै जिल्लामा दुई तीन वटा महोत्सवको आयोजना हुने देखिएको छ । हरेक वर्ष थारु कल्याणकारिणी सभाको आयोजनामा राजधानीमा राष्ट्रिय रुपमा माघी महोत्सव हुदै आएको छ । यता जिल्लामा थारु कल्याणकारिणी सभा लगायत विभिन्न क्लवहरुले माघी विशेष कार्यक्रम गर्दै माघी मनाउदै आइरहेकाछन् ।

नमूना भुह्यार थान (ठन्वा) का अध्यक्ष रामशरण चौधरीकाअनुसार तुलसीपुर उपमहानगरपालिका स्तरिय माघी विशेष साँस्कृतिक कार्यक्रम तुलसीपुर उपमहानगरपालिका ६, जवरपुरमा राखिएको छ ।

यसैविच दाङमा पनि विभिन्न ठाउँमा माघी विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अहिले थारु गाउँ गाउँमा कतै माघी मिलन त कतै माघी विशेष साँस्कृतिक कार्यक्रम भइरहेको छ । नमूना भुह्यार थान (ठन्वा) तुलसीपुरको आयोजनामा पुस २३ गते तुलसीपुर उपमहानगरपालिका स्तरिय माघी विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

नमूना भुह्यार थान (ठन्वा) का अध्यक्ष रामशरण चौधरीकाअनुसार तुलसीपुर उपमहानगरपालिका स्तरिय माघी विशेष साँस्कृतिक कार्यक्रम तुलसीपुर उपमहानगरपालिका ६, जवरपुरमा राखिएको छ । जसको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री कृष्णबहादुर महराले गर्ने कार्यक्रम रहेको सस्थाको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

उहाँकोअनुसार विशिष्ट आतिथिमा श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरी, थारु सांसद मेटमणी चौधरी, इन्द्रजीत थारु, धम्कली चौधरी लगायत नेताहरुको उपस्थिति रहने छ ।

थारु कल्याणकारिणी सभा दाङको आयोजनामा तथा दर्जनौं थारु संघसस्थाको सहआयोजनामा यहि पुस २८ गते दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव–२०७४ आयोजना गरिएको छ ।

त्यसैगरि थारु कल्याणकारिणी सभा दाङको आयोजनामा तथा दर्जनौं थारु संघसस्थाको सहआयोजनामा यहि पुस २८ गते दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव–२०७४ आयोजना गरिएको छ । माघी महोत्सवमा नेकपा एमालेका स्थाययी कमिटि सदस्य एवम् पुर्व सञ्चारमन्त्री शंकर पोखरेलले उदघाटन गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीकाअनुसार विशिष्ट अतिथीमा थारु सांसद मेटमणी चौधरी, शान्ता चौधरी, डिल्लीबहादुर चौधरी, इन्द्रजीत थारु, धम्कली चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी लगायत विभिन्न पार्टीका नेताहरुको उपस्थिति रहने छ ।

यसैगरि माघी महोत्सवममा चार दर्जनभन्दा धेरै थारु मघौटा नाचको प्रतियोगिता गरिने महोत्सव मुल आयोजक समितिका सदस्य केवि चौधरीले जानकारी दिनुभयो । उहाँको अनुसार थारु परिकार, थारु गरगहना लगायतको प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया