
सन्तोष दहित
घोराही, पुस २५ गते । थारु कल्याणकारिणी सभा दाङको आयोजना तथा थारु पत्रकार संघ लगायत दर्जनौं थारु संघ संस्थाको सहआयोजनामा पुस २८ गतेबाट दाङको घोराहीमा हुन गइरहेको माघी महोत्सवको तयारी करिब सकिएको छ ।
महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीकोअनुसार महोत्सवको मूख्य आकर्षणमा मघौटा नाच, थारु विभिन्न परिकार तथा अन्य मनोरञ्जन रहने छन् । प्रचार प्रसार, स्टल बुकिङ, अतिथीहरुलाई निमन्त्रणा लगायत कामको अन्तिम तयारी भएको उहाँले बताउनुभयो ।
यसैगरि माघी महोत्सवमा घोराही उपमहानगरपालिका स्तरिय मघौटा नाचको प्रतियोगिता गरिने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ । साँस्कृतिक उपसमितिका संयोजक लक्ष्मीमान चौधरीकाअनुसार कम्तिमा पनि ३ दर्जन थारु मघौटा नाचको प्रतियोगिता हुने कार्यक्रम रहेको छ ।
महोत्सवको मुख्य आकर्षक थारु मघौटा नाच, बर्का नाच, डंगौरा थारु, छोक्रा, हुर्डुङ्ग्या नाच, थारु परिकार घोङघी, माछा, ढिक्री, अन्डीको झोल रहने महोत्सव मुल आयोजक समितिका सदस्य एवम् प्रचारप्रसार उपसमितिले बताएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्तवनालाई विशेष पुरस्कार र प्रतियोगितामा भाग लिएका सवै समुहलाई प्रोत्साहन बाफत दुई हजारको राशीसहित सम्मान गरिने महोत्सव मुल आयोजक समितिका सदस्य एवम् आर्थिक उपसमितिका संयोजक केवि चौधरीले जानकारी दिनुभएको छ ।
यसैगरि महोत्सवममा विभिन्न थारु कलाकारहरु आउने भएकाछन् । कलाकार समन्वय उपसमितिका संयोजक सालिकराम चौधरीकाअनुसार गायक रोशन रत्गैया, प्रकाश प्रिय कुसुम्या, राजेन्द्र चौधरी, बसन्ती चौधरी, रुपा चौधरी, सनिराम चौधरी र शारदा चौधरी आउने भएका हुन । त्यसैगरि महोत्सवमा दङ्गाली गायक देवेन्द्र बस्नेतको पनि प्रस्तुति रहने छ ।
महोत्सवमा चर्चित कमडी महेश चौधरी, मोडेल डान्सर रवि चौधरी, अस्मिता चौधरी, ममता चौधरी लगायतको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।

एकदिन चल्ने महोत्सवको मुख्य आकर्षक थारु मघौटा नाच, बर्का नाच, डंगौरा थारु, छोक्रा, हुर्डुङ्ग्या नाच, थारु परिकार घोङघी, माछा, ढिक्री, अन्डीको झोल रहने महोत्सव मुल आयोजक समितिका सदस्य एवम् प्रचारप्रसार उपसमितिले बताएको छ । थारु भेषभुषा, गरगहनाको थारु हस्तकला, थारु भाषाको पुस्तक तथा पत्रत्रिकाहरुको प्रदर्शनी रहने छ ।
यसैविच महोत्सवको तयारी तथा महोत्सवको उद्देश्यको बारेमा बुधबार दिउसो २ बेज नेपाल पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिले जनाएको छ ।




