थारु मौलिकताकालागि इटहरीमा दुई दिने माघी महोत्सवको तयारी


सुनिल चौधरी/ कुलदीप चौधरी
ईटहरी, पुस २६ गते । थारु पर्वको मौलिकता दर्शाउन ईटहरीको थारु महिलाहरुले दुई दिने माघी महोत्सव आयोजना गर्ने तयारी गरेका छन् ।
थारु महिला सभा ईटहरी नगर समितिले बुधवार पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको छ ।

पर्वको मौलिकता दर्शाउन र थारु भाषा, संस्कृति, संरक्षणकालागि राज्यले स्थानियस्तरसम्म नीति, नियम बनाई थारु पहिचान कायम गर्न दवावस्वरुप महोत्सव मनाउन लागिएको आयोजकले बताएको छ ।

थारु बाहुल्य स्थानिय तहहरुमा कामकाजी भाषा हुनुपर्ने मागसहित थारु महिला सभा ईटहरी नगर समितिले ईटहरीमा पौष २९ र ३० गते दुई दिन महोत्सव मनाउन लागेको जानकारी गराएको छ ।

राज्यलाई पूर्वबाट थारुहरुले पहिचानसहितको प्रदेश, थारु बाहुल्य स्थानिय तहहरुमा कामकाजी भाषा हुनुपर्ने मागसहित थारु महिला सभा ईटहरी नगर समितिले ईटहरीमा पौष २९ र ३० गते दुई दिन महोत्सव मनाउन लागेको जानकारी गराएको छ ।

महिला सभा जिल्ला कार्यसमिति सुनसरीको सहकार्यमा र थारु पत्रकार संघ सुनसरीको संयोजनमा ईटहरी वडा नं. ९ गैसार जानेबाटो श्री जनता माबिको प्राङ्गनमा दुई दिन बिहान ११ बजे देखि अपरान्ह ५ बजेसम्म कार्यक्रम अयोजना गर्ने सभा ईटहरी नगर समितिकी अध्यक्ष सुसिला लेखिले बताउनुभयो ।

राज्यको बिभेदकारी नीतिकाकारण थारुको भाषा संस्कृति लोप भइरहेको अवस्थामा स्थानिय तह, प्रदेश तह र केन्द्रिय तहबाट उचित बजेट निर्धारणको व्यवस्था गर्न सभाले माग गरेको छ ।

माघी पर्व थारू समुदायमा स्वतन्त्रताकोे पर्व, उन्मुक्तिको अवसरको रूपमा पनि चिनिनेहुनाले यस अवसरमा थारु पहिचानसहित अधिकारकालागि महिला सभा ईटहरीले माघी महोत्सवको आयोजना गरेको थारु कल्याणकारी सभाका केन्द्रिय सल्लाहकार रामराज चौधरीले बताउनुभयो ।

थारु समुदायको कला संस्कृति, भेषभुषा सहित झाँकि प्रदर्शन गर्ने आयोजकले बतायो । माघीलाई ठाउँविशेष अनुसार माघी, तिला संक्राईत, माघी डेवानी, खिचरा आदि नामले चिनिन्छ ।

पत्रकार सम्मेलनमा आदिवासी जनजाती महासंघ सुनसरीका पुर्वउपाध्यक्ष तेजनारायण चौधरीले पुर्वका थारुहरुले जाडोमा शरीर न्यानो र शक्ति पाउनकालागि खेतबाट उब्जनी भएको नयाँ अन्नपातबाट बनेको परिकार खाने चलन रहेको बताउनुभयो । तिल र सक्को मिश्रितले बनाएको मौलिक परिकारहरुको महत्वबारे पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

थाकस केन्द्रिय सदस्य उर्मिला चौधरीले राज्यले थारु महिलाको अधिकार पुर्ण समानुपातिक विधिबाट सुरक्षित गर्नुपर्ने बताउनुभयो । त्यसकै दवावकालागि महोत्सव आयोजना गर्न लागिएको तर्क गर्नुभयो ।

महोत्सवमा थारु परिकारको प्रदर्शनि, थारु भाषाका आधुनीक र पौराणिक नृत्य प्रस्तुत हुने अयोजकले बताएको छ । थारु समुदायको कला संस्कृति, भेषभुषा सहित झाँकि प्रदर्शन गर्ने आयोजकले बतायो । माघीलाई ठाउँविशेष अनुसार माघी, तिला संक्राईत, माघी डेवानी, खिचरा आदि नामले चिनिन्छ ।

तपाईको प्रतिक्रिया