थारु गाउँघरमा माघी पर्वको चहलपहल, भव्य स्वागतको तयारी


भगतराम थारु
नेपालगन्ज, पुस २९ गते । थारु समुदायको माघी पर्व आउन दुई दिन बाँकी रहँदा थारु बस्तीमा माघीको चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन् ।

माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामकासाथ मनाउने गरेको बर्दिया ठाकुरबाबा नगरपालिका ३ मिर्चैयाका हरिप्रसाद थारुले बताउनुभयो ।  पर्व नजिकिदै गर्दा आफुले अरुको घरमा मजदुरी गर्न जानेगरेको उहाँले बताउनुभयो । पर्वलाई सभ्य तरिकाले मनाउन आफुले मजदुरी गरिरहेको उहाँले बताउनुभयो । मजदुरी गरेको पैसाले माघी मनाउने उद्देश्य रहेको चौधरीको भनाई छ ।

माघी मनाउनका लागि जाँड, रक्सी र घर लिपेर सक्यो बाँके फत्तेपुरका फुलमति थारुले बताउनुभयो । माघी पर्व भव्य तरिकाले मनाउने भएको हुनाले यसलाई अझ भव्य बनाउन सवै तयारी पुरा भएको उहाँले बताउनुभयो । माघीमा आफन्त पाहुना आउने भएको हुनाले उनिहरुको सेवा सत्कारका लागि सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो ।

घरमा धेरै आफन्ती एकै ठाउँमा जम्मा भएर मनाउने योजना रहेको फुलमतिले बताउनुभयो । थारु समुदायले भव्य रुपमा मनाउने भएको हुनाले माघी महिनालाई थारु समुदायले नयाँ बर्षकोरुपमा समेत मनाउने गर्दछन् । माघी महिनामा थारु समुदायमा घर फुट्ने, अरुको घरमा कमैया बस्ने नवस्ने, जग्गा अधिया लगाउने नलगाउने, बडघर बस्ने नबस्ने, चौकिदार हेरफेरजस्ता महत्वपुर्ण योजना बनाउने भएको हुनाले माघी महिनालाई थारु समुदायले महत्वपुर्ण पर्वको रुपमा मनाउने गर्दछन् ।

थारु समुदायमा माघ १ गतेदेखि ७ गतेसम्म अझ धुमधामका साथ मनाउने गर्दछन् । पुषको अन्तिम दिन थारु समुदायका मानिसहरु रातभरि आगो ताप्ने, बंगुरको मासु, गैइजी, तरुलजस्ता विभिन्न परिकार बनाएर खाने चलन रहेको छ । सोहीदिन पुषको अन्तिम दिन रातभरि आगो ताप्ने र भाले बासेको समय विहान २ बजेदेखि नजिकै रहेको खोला, नदिमा नुहाएर आफुभन्दा ठुलासँग आशीर्वाद समेत लिने चलन रहेको छ ।

माघ १ गते पहिलो दिन भएको हुनाले नजिकै रहेको मेला समेत जाने गर्ने गर्दछन् । माघी पर्वमा एक आपसमा साथीभाईहरुसंग मिलेर जाँड रक्सी समेत पिउने र मनोरञ्जन गर्ने युवायुवतीहरुले गर्दछन् ।

तपाईको प्रतिक्रिया