माघीको अवसरमा थारु पत्रकार संघ बाराको कार्यक्रम


दुष्यन्त चौधरी
कलैया, पुस २९ गते । बाराका थारुहरुले आफ्नो पहिचान संस्कृति, धर्म, कला, रीतिरिवाज, रहनसहन लाई संरक्षण गर्दै माघीको अवसरमा शनिबार शुभकामना कार्यक्रम सम्पन्न गरेका छन् ।

थारू पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाराको आयोजनामा भएको कार्यक्रममा विभन्नि संघ संस्थाका अगुवाहरुको सहभागिता  थियो ।

त्यस्तै, कार्यक्रममा चन्दननाथ गणका गणपति सन्तोष कार्कि, प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद पन्नालाल दास, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गिरधारी चौधरी, समाजसेवी बिनोद चौधरी, रिपोटर्स क्लब नेपाल बाराका अध्यक्ष सिकेन्द्र पासवान, समाचकेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद चौधरी, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, महागढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम पजियारले धारणा राख्नुभएको थियो ।

सत्यप्रकाश श्रेष्ठ, थारु कल्याणकारिणी सभा बाराका प्रतिनिधि अरुण राय थारु, बारागढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णप्रसाद चौधरी, वडानम्बर ५ का वडाध्यक्ष मनेजर चौधरी, राजनीतिकर्मी राधा चौधरी, संस्कार एफएमका स्टेशन मैनेजर प्रवेश चौधरी लगायतले माघीको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

थारु पत्रकार संघ नेपाल बारा शाखाको आयोजनामा भएको कार्यक्रममा संघकी अध्यक्ष रेणु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्वसांसद दिलमाया धामीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमको संचालन मिनाक्षी चौधरीले गरेकी गर्नुभएको थियो भने स्वागत मन्तब्य सङ्घका जिल्ला उपाध्यक्ष जियालाल चौधरीले गरेका थिए । सो अवसरमा थारु परिकार मसुलार, बगेया, तिलको लड्डु, भुजाको लड्डु, माछाजस्ता विभिन्न परिकारहरुले अतिथिलाई स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया