सुनसरीको झुम्काबजारमा महिला उत्थान समाजको माघी तहल्का


कुलदिप चौधरी
झुम्का, माघ १ गते । सुनसरीको झुम्का बजारमा थारु महिला उत्थान समाजद्वारा आयोजित दोस्रो थारु माघी महोत्सव एवं तिला संक्राइतले झुम्कामा तहल्का मच्चाइरहेको छ ।

पुस ३० गते शुरुभएको महोत्सव माघ ६ गतेसम्म चल्ने छ । महोत्सवले झुम्काबजारमा बेग्लै किसिमको रौनक ल्याइदिएको छ । थारु संस्कार र संस्कृतिजन्य कार्यक्रमको रमझमले यहाँका बासिन्दाको मनमा समेत रमझम आएको महशुस गराएको छ ।

महिला उत्थान समाजले माघी संक्रान्ति, थारु मुक्ति दिवस एवं अधिकार प्राप्तीको दिनको अवसरमा कार्यक्रमलाई भव्य बनाएको छ । उत्थानकि अध्यक्ष सीता चौधरीको सभापतित्वमा सम्पन्न भएको उदघाटनसत्रले सुनसरीका जिल्लाबासीको ध्यान झुम्कातिर तानेको  थियो ।

कार्यक्रममा विभिन्न वडाबाट आएका थारु झाँकी लगायत अन्य समुदायको झाकिहरु जम्मा भई झुम्काबजार परिक्रमा गरेको थियो। महोत्सवमा थारु समुदायको परिकारहरु भुजाको लडु, गुडको लडु, तिलको लडु, घोङी, झुना, माछा, मासु आादि परिकारहरु राखिएका छन् ।

त्यसैगरी थारु हस्तकला, थारु संस्कृति झल्काउने पोशाक तथा थारु परिकारका स्टलहरु महोत्सवमा राखिएका छन् । महोत्सवलाई मनोरञ्जनपूर्ण र रचनात्मक बनाउन विभिन्न कलाकार तथा व्यक्तित्वहरुले आआफ्ना प्रस्तुति प्रस्तुत गरेका छन् ।

कार्यक्रममा पश्चिमको कञ्चनपुर, कैलालीदेखि पूर्वको झापासम्मको थारु पोशाकहरुको प्रदर्शन गरिएको थियो । उदयपुर जितिया आइकन गर्ल तथा थारु पोशाक डिजाइनर सम्झना लेखी तथा चर्चित कलाकार दिपाश्री निरौलाको सोमबार प्रस्तुति भएको छ । महोत्सवमा कलाकारको प्रस्तुति बेजोड रहेको थियो । निरौलाको प्रस्तुतिले महोत्सव तातेको थियो ।

हेर्नुहोस् महोत्सवको फोटो फिचर

 

तपाईको प्रतिक्रिया