समावेशी स्वास्थ्य उपचार आवश्यक !

स्वास्थ्य सरोकार

देवकी केसी

कान्तिपुर नगरले मात्र होइन, देशले नै औषधी उपचारको क्षेत्रमा निकै फड्को मारिसक्यो । तैपनि दुर्गमका केही कुनाकाप्चा औषधी उपचारको अभावमा छट्पटाउदै जीवन बाचिरहेको छ अझैसम्म । शहरबाट पर कुनै एउटा विकट ठाउँमा जीवनजल नपाएर मानिसहरुले मृत्युवरण गर्दापनि रुघा लागेको निहुमा एम्बुलेन्समा हस्पिटल पुगेका पनि देखिन्छन् यो कान्तिपुर नगरमा । पेट दुखेर गाउँका कुनै एउटा कुनामा औषधी उपचारको अभावमा छटपटाउँदा पनि कान्तिपुरनगर एक व्यक्तिबाट अर्को व्यक्तिमा मृगौला, कलेजो, मुटु र आँखा प्रत्यारोपण गर्न सफल भएकोमा गर्वले शिर ठाडो पार्छ । सामान्यदेखि जटिलसम्मका रोगको उपचार गर्छ कान्तिपुरनगर हाम्रो राजधानी शहर । मेसिनका बिग्रेका पार्टपुर्जा फेरेझै शारीरिक अङ्ग फेर्दछ । शहर त्यसैमा आफ्नो सफलता ठान्दछ । धन्न औषधि विज्ञानका क्षेत्रमा जतिसुकै चमत्कार भएपनि धर्मशास्त्रमा भगवान शिवजीले दक्ष प्रजापतीको शीर काटेर अग्नीकुण्डमा होमि सकेपछि बोकाको शिर प्रत्यारोपण गरेझै र गणेश भगवानलाई हात्तिको शिर प्रत्यारोपण गरेझै शिर प्रत्यारोपण गर्न आजसम्म सफल भएको छैन । आधुनिक औषधि उपचार प्रविधिले सायद त्यो सफलता पनि कुनै दिन नपाउँला भन्न सकिन्न ।

स्वास्थ्य क्षेत्रको सुधार र विकास भनेको देश विकासकै सूचक पनि हो । तर स्वास्थ्य सुविधा र विकासको गतिलाई हेर्ने हो भने सहर अझ विशेषगरी राजधानी सहर विकासको गतिमा दौडिरहेको छ भने गाउँ अझै बामे सरिरहेको छ ।

स्वास्थ्य उपचारको क्षेत्रमा नौलो आयाम र परिवर्तन ल्याउन अहोरात्र खटिने पनि यही सहर हो भने रोग लागेर उपचार गर्ने पैसा नभएर सडकमा भिख माग्न विवश पार्ने पनि यहि सहर हो । जेहोस औषधी उपचारको पद्दतीमा भएको विकासलाई स्वीकार गर्नैपर्छ जसले स्वास्थ्यस्तर उन्नतीको क्षेत्रमा इटा थप्ने काम गरेको छ । स्वास्थ्य क्षेत्रको सुधार र विकास भनेको देश विकासकै सूचक पनि   हो । तर स्वास्थ्य सुविधा र विकासको गतिलाई हेर्ने हो भने सहर अझ विशेषगरी राजधानी सहर विकासको गतिमा दौडिरहेको छ भने गाउँ अझै बामे सरिरहेको छ । पहुचवाला वर्ग र समुदाय एकातिर स्वास्थ्य उपचारको उच्चतम उपभोग गरिरहेका र विपन्न वर्गहरु उपचारको अभावमा छटपटाइरहेका पनि यहि आँखाले देख्नुप¥या छ ।

यो कान्तिपुर नगर, देशको मुटु राजधानी शहरको दायित्व भित्रैपर्छ । सामान्यदेखि जटिलसम्मका स्वास्थ्य सुविधाहरु सबैलाई पु¥याउनु । सम्पन्न वर्ग र विपन्न वर्गबीचको वर्गिय खाडलकैकारण यो कान्तिपुर नगरले स्वास्थ्य उपचारमा भने समानता कायम गर्न सकेका छैन । वर्तमान समयमाजस्तो कान्तिपुर नगरमा स्वास्थ्यको विकास नभइसकेको अवस्थामा मानिसहरु रोगको पत्ता लगाउन र उपचार गर्न अहिलेकोजस्तो क्लिनिक, अस्पताल, स्वास्थ्यचौकी होइन, धामी झाक्रिकोमा धाउँथे । मठमन्दिर पुग्दथे । त्यतिवेलाका मठमन्दिरका तिनै निर्जिव मुर्तिहरुलाई अहिलेका डाक्टर नर्स मान्दै मान्छेहरु पाउँ पर्दथे उपचारकालागि । धामीझाक्री भनेका अहिलेका इमर्जेन्सीमा बिरामी हेर्ने डाक्टरभन्दा पनि फरक पर्दैनथ्यो । गाउँतिर विशेषगरी दुर्गमतिर आजसम्म पनि यिनै धामीझाँक्रि, देवीदेवता, स्वास्थ्य उपचारको प्रचलित प्रविधिको रुपमा छ भने सहरतिर पनि यस्ता अवशेष कतै भेट्न सकिन्छ ।

आजको औषधि उपचारकोयुग भनेको पैसाको युग हो । पैसा हुनेहरुले जटिल रोगबाट पनि सजिलै उन्मुक्ति पाएका छन् भने पैसा नहुनेहरु रोग पालेर बस्न बाध्य छन । यस अर्थमाभन्दा पैसा हुनेहरुले रोगलाई लखेटी रहेका छन् भने पैसा नहुनेहरु रोगको भारी बोकेर बस्न बाध्य छन् । आजकोजस्तो औषधी विज्ञानको चमत्कारिक विकास नभएको त्यो समयमा तन्त्र, मन्त्र र पूजापाठबाटै रोग पन्छाउने काम गरिन्थ्यो । विभिन्न रोगका उपचार गर्ने तरिका र देवीदेवता पनि भिन्न हुन्थे त्यतिबेला । त्यसबेलाको उपचारपद्धति मुलतः देवीदेवतामै केन्दित हुनेहुँदा विविध रोगका विशेषज्ञहरु पनि विभिन्न देवी देउता नै हुन्थे । त्यससमय दाँत दुख्ने रोग निको गर्नकालागि वास्या धौ देवतालाई किला ठोकी पुजागर्ने चलन थियो भन्नुपर्दा त्यससमय वास्याः धौ अहिलेका आधुनिक डेन्टिस सरह थिए । त्यस्तै कान दुखेको उपचार गर्न कानदेवतालाई चामल पैसा सिङ्गो सुपारी चढाएर पुजा गरिन्थ्यो । मुखबाट रगत छाद्ने रोग निमुर्ल पार्न कुमारीलाई हाँस वा कुखुराको अण्डा राखेर पुजा गरिन्थ्यो । पेट दुखेको उपचारकालागि बेलुका बत्ती बाली चन्द्रमाको दर्शन गर्ने चलन थियो भने आँखा दुख्दा सुर्यलाई बिहानै बत्ती बालेर पुजागर्ने चलन थियो ।

आजको औषधि उपचारकोयुग भनेको पैसाको युग हो । पैसा हुनेहरुले जटिल रोगबाट पनि सजिलै उन्मुक्ति पाएका छन् भने पैसा नहुनेहरु रोग पालेर बस्न बाध्य छन ।

त्यस्तैगरि रतmचाप रोगको उपचार गर्नकालागि चिल्लो, नुन र लागुपदार्थ छाडिबेलुका रुद्राक्षलाई भिजाएर भोलिपल्ट बिहान त्यसैको पानी पिउने गर्दथे । बच्चा जन्माउन नसकेको खण्डमा सुडेनीको रुपमा नारायणको मुर्तिमा खानेतेल लगाई शिरमा तेल खनाइन्थ्यो । बच्चाहरु विरामी परेमा, बच्चालाई विफर आएमा सातबटा हाँसका अण्डा, बारा, माछा, समय वजीकाँचो लसुन, मासु, भटमास र अदुवा चढाएर हारती माताको पुजा गरिन्थ्यो । बच्चाहरुको हातगोडा लुलो भए भाटभटेनी र समयमा बच्चा हिड्न बोल्न नजाने सुर्यविनायकको पुजा गरिन्थ्यो । कसैलाई महारोग लागेर उपचार गर्नुपरे त्यतिबेला आदिनाथको दर्शन गरी त्यहा रहेको सेतो टीका र जल ग्रहण गर्ने चलन थियो । छात्ती दुखेको रोगको उपचारकालागि चामलको गेडो आकाशतिर फाल्दै वायु देवताको पुजा गरिन्थ्यो ।

ती विविध देवीदेवताहरु छुट्टाछुटै रोगका विशेषज्ञ थिए भने तिनका मठमन्दिर विविध रोगसँग सम्बन्धित उपचार केन्द्र थिए । जतिवेला औषधी उपचारको राम्रो विकास भइसकेको थिएन । अहिले विविध रोगका उपचार पद्धति र तिनसंग सम्बन्धित विशेषज्ञहरुले आ–आफ्ना काम गरिरहेका छन् । तरपनि रोगहरुको उपचारकालागि मठमन्दिर धाउनेक्रम निमुर्ल भने हुन सकेको छैन । जतिवेला स्वास्थ्य उपचार प्रविधिको सुरुवात भएको थिएन रोगको उपचारको लागि मठमन्दिर र धामी झाँक्रीकोमा धाउनु र विश्वास गर्नु त्यसबेलाको परिवेशमा उपयुक्त मानिए तापनि आजको आधुनीक र वैज्ञानिक युगमा पनि त्यहि हिजोको पद्धतिलाई उपचारमा अन्धभक्त भएर पछ्याउनु भनेको आफ्नो स्वास्थ्यप्रति आपैmले लात मार्नु होे । औषधी उपचारमा आएको विकासको धज्जी उडाउनु हो ।

सहरमुखि स्वास्थ्य सेवा कुना, काप्चा, कन्दरा जताततै विकेन्दीकरण भइ लुकेर रहेका अन्धविश्वासको उपचार पद्धति र थोरैमात्र अवशेषकोरुपमा जोगिएका यस्ता पदतिहरु निमिट्यान्न पार्न वर्तमान स्वास्थ्य उपचारपद्धति समावेशी, सर्वसुलभ हुनु अत्यन्त जरुरी छ ।

आजको युगमा पनि उपकरणद्वारा उपचार गर्दा रोगहरु निको हुन नसकेको खण्डमा भगवानभरोसा भन्दै मठमन्दिर जाने चलन छ । यो विगतका तिनै उपचार, पद्धतिले सिकाएको संस्कारको उपज हो । रोगलाग्दा उपचार गर्न धामीझाक्री र मठ मन्दिरतिर धाउनु एउटा विश्वास होला तर रोगको उपचार गर्ने क्षमता औषधी र आजको आधुनिक उपकरणमा जति छ मठ मन्दिरमा हुनै सक्दैन । तसर्थ यस्ता अन्धविश्वासभित्रका मान्छेका विश्वासहरुलाई चिर्न आजको स्वास्थ्य क्षेत्रको विकासमा विस्तार हुनु, गुणस्तरीयतामा वृद्धि हुनु र सबैको पहुँचभित्र अटाउनु जरुरी छ । साथै स्वास्थ्य सेवाको विस्तार र विकास सबैतिर समान, सहज हुनपनि नितान्त जरुरी छ । सहरमुखि स्वास्थ्य सेवा कुना, काप्चा, कन्दरा जताततै विकेन्दीकरण भइ लुकेर रहेका अन्धविश्वासको उपचार पद्धति र थोरैमात्र अवशेषकोरुपमा जोगिएका यस्ता पदतिहरु निमिट्यान्न पार्न वर्तमान स्वास्थ्य उपचारपद्धति समावेशी, सर्वसुलभ हुनु अत्यन्त जरुरी छ ।

तपाईको प्रतिक्रिया