थारुभाषा संरक्षण, उत्थानकानिम्ति माघी पर्वबारे वक्तृत्वकला प्रतियोगिता


सुनिल चौधरी
झुम्का, माघ ४ गते । थारुभाषा र साहित्यको समुचित विकासका लागि झुम्काको माघी महोत्सवमा थारु माघी महत्व विषयक बक्तृत्वकला प्रतियोगीताको आयोजना गरिएको छ ।

थारु महिला उत्थान समाज रामधुनीले अयोजना गरेको तिला संक्राईत तथा माघी महोत्सव २०७४ को चौथोदिनको कार्यक्रममा सो प्रतियोगिताको आयोजना भएको हो ।

प्रतियोगीतामा सहभागी प्रतियोगीमध्ये झुम्काका नमुना सामुदायीक ईन्ग्लिस बोर्डिङ्गका अभिषेक चौधरी प्रथम भएका छन् । प्रतियोगीतामा श्री सम्भुनाथ माध्यमिक विद्यालयका सुसिल चौधरी दोस्रो, लर्डबुद्ध ईन्टरनेशनल बोर्डिङ्गकी सेविका चौधरी तृतीय भएकी छन् । त्यस्तै, कृतिका चौधरी र अंकिता चौधरी सात्वना भईन् ।

थारु भाषामा माघीको बिषयबस्तुमा रहेर बोलेका थिए । सहभागी प्रतीयोगीहरुलाई निर्णायकले सम्बोधन, प्रस्तुती, बिषयबस्तु र निष्कर्षसहित मुल्याङ्क गरेका थिए । निर्णायकमा छबिलाल चौधरी, हर्षलाल चौधरी, कुलदिप चौधरी र रामकुमारी चौधरी रहनु भएको  थियो ।

थारु भाषा, संस्कृति, भेषभुषा संरक्षणकालागि उत्थान समाजले बिभिन्न कार्यक्रम गर्दै आएको छ । पुस ३० गतेबाट उदघाट गरिएको सातदिने माघी महोत्सव ६ गते सम्पन्न हुने आयोजकले बताएको छ । महोत्सव अवधिभर ज्ञानबद्र्धक, चेतनामुलक सम्बन्धि कार्यक्रम गर्ने तालिकाअनुरुप सोमवार उदयपुर जितिया आईकन शो मार्फत पूर्वदेखि पश्चिमका थारु पहिरन प्रदर्शन गरीएका थिए ।

पश्चिमा मुलुकको प्रभावले नेपाली मौलिक भेषभुषामा प्रत्यक्ष प्रभावित भइरहेकाबेला माघी महोत्सव बाटै उत्थान समाजले आईकन फेशन शो अयोजना गरेको अध्यक्ष सीता चौधरीले जानकारी दिनुभयो । सातदिनसम्म चल्ने महोत्सवको करिब ३० हजारले अवलोकन गर्ने विश्वास उत्थानले गरेको छ ।

तपाईको प्रतिक्रिया