
भगतराम थारु
नेपालगञ्ज, माघ ७ गते । थारु समुदायको नेतृत्व सुनिश्चित गर्न बाम गठबन्धनका थारु अगुवा कार्यकर्ताले आइतवार नेपालगन्जमा सयुक्त पत्रकार सम्मेलन गरि आफ्नो अधिकार सुनिश्चितताको माग गरेका छन् ।
चुनावमा थारु समुदायलाई प्रयोग गरी भोटबैंक बनाउने र चुनाव सकेपछि वास्ता नगर्ने थारु अगुवाहरुले आरोप लगाएका छन् । नेपाल लोकतान्त्रिक थारु संघ नेकपा एमाले र थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल नेकपा माओवादी केन्द्र बाँकेले आयोजना गरेको सयुक्त पत्रकार सम्मेलनमा थारु अगुवाहरुले थारु समुदायलाई भोट बैंकको प्रयोग गरेको बताएका हुन् ।
थारु समुदायका वासिन्दा सोझासाझा भएको र उनिहरुलाई अरु समुदायले सोझा पाएर हेपेको समेत उनिहरुले गुनासो गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनकालागि थारु समुदायकोतर्फबाट एक एकजना थारु उम्मेद्वारहरुको सुनिश्चितता गर्न आफुहरु परिपक्व रहेको हुनाले अवसर दिन उनिहरुले माग गरे ।
थारुहरुको पटक पटकको निर्वाचनमा अन्य जातिका उम्मेद्वारहरुलाई विश्वासिलो अभिमतबाट विजयी गराए पनि थारु जातिका व्यक्तिलाई नेतृत्व तहमा पुग्न बञ्चित गराएको उनिहरुको आरोप छ ।
अवसर दिए काम गरेर देखाउने नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रिय सदस्य चन्द्रबहादुर चौधरीले बताउनुभयो । नेपालमा बसोबास गर्ने जातिहरुमध्ये राजनीतिकरुपमा पछाडी पारिएका र पिछडिएका आदिवासी जनजातिहरु थारु, मधेशी, मुस्लिम, दलित तथा अल्पसंख्यक जातिहरुको राज्य सत्तामा राजनीतिक अधिकार प्राप्तीका लागि संविधानले दिएको समानुपातिक समावेशको सिद्धान्तअनुसार समावेश गर्न आफुहरुलाई पछाडी पारिएको उहाँले बताउनुभयो ।
बाँके जिल्लामा जनसंख्याको हिसावले पहिलो स्थानमा रहेका थारुहरुको जनसंख्या रहेपनि एक जनासम्म पनि उम्मेदवारी दिन नसक्नु र नेतृत्व तहबाट पटक पटक मौखिक तथा लिखित सम्झौता र आश्वासनले सिङगो थारु समुदायमा नै गम्भीर चोट पुगेको उनिहरुले जनाए ।
थारुहरुको पटक पटकको निर्वाचनमा अन्य जातिका उम्मेद्वारहरुलाई विश्वासिलो अभिमतबाट विजयी गराए पनि थारु जातिका व्यक्तिलाई नेतृत्व तहमा पुग्न बञ्चित गराएको उनिहरुको आरोप छ ।
थारु समुदायलाई जहिलेपनि ललिपप देखाउने प्रवृत्ति अन्त्य गर्न अब आफुहरु आन्दोलन गर्न तयार रहेको र ललिपपले नलोभिने उनिहरुले बताए । थारु समुदायलाई प्रयोगशाला बनाउने र आफु मौजमस्ति गर्ने चलन फेर्नुपर्ने थारु अगुवा कार्यकर्ताको गुनासो छ ।




