पर्सामा स्वरोजगारका लागि सर्फ र सैम्पु बनाउने व्यवसायिक तालिम


दुष्यन्त चौधरी
कलैया (बारा), माघ १७ गते । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड पर्सा जिल्लाको बेलवा शाखाले व्यवसायिक सीपमुलक चारदिने तालिम बुधबारदेखि सुरु गरेको छ ।

बैंक लिमिटेड बेलवा शाखाका प्रबन्धक नगेन्द्रप्रसाद चौधरीको अध्यक्षता तथा भुवन आचार्यको प्रमुख आथित्यतामा एरियल सर्फ तथा सेम्पु बनाउने चार दिने तालिम बुधबारबाट सुभारम्भ गरिएको हो ।

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड नेपाल भरिका ७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरीसकेको छ। स्वरोजगार लघु विकास बैंकमात्र एउटा यस्तो वित्तीय संस्था हो

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड नेपाल भरिका ७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरीसकेको छ। स्वरोजगार लघु विकास बैंकमात्र एउटा यस्तो वित्तीय संस्था हो, जसले रोजगारीको सृजना गर्दै आफ्ना शेयर सदस्यहरुलाई अगाडि बढ्ने बाटो देखाउने गरेको चौधरीले दावी गर्नुभयो ।

यस वित्तीय संस्थाले ऋण लगानी गर्नुको साथसाथै आफ्ना सदस्यहरुलाई रोजगारीको सिर्जना गर्दै विभिन्न किसिमका सिपमुलक तालिमहरु समेत गर्ने गरेको दावी गर्नुभयो ।

एरियल सर्फ र सेम्पु तालिममा कल्याणी खरेल तथा सरला कुमाल प्रशिक्षण दिइरहेका छन् । तालिममा ८० जनालाई रोजगारी सृजना गर्नको निमित्त सहभागिता गराइएको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया