
भगतराम थारु
बाँसगढी, माघ २० गते । बर्दियाको बाँसगढी महोत्सवमा गायक अर्जुन कौशलले धुमधडाका मच्चाउनु भएको छ । शुक्रवार गायक अर्जुन कौशलले स्टेजमा उभिएलगत्तै महोत्सवमा आएका दर्शकको तालिको गडगडाहत शुरुभएको थियो ।
चलो रे ससुराली थैलामे हमार गुरी गुरी जाँर .. भन्ने वित्तिकै दर्शले झन हुटिङ गरेर साथसाथै गीत गाएका थिए । गायक कौशलले गीत गाउँदा दर्शकको हुटिङले व्यवस्थापन गर्न प्रहरी प्रशासनलाई हम्मे परेको थियो । थारु बहुल्यता रहेको बाँसगढीमा गायक कौशलले थारु गीत गाउँदा दर्शक कहिले जोसिए त कहिले मौनभएर सुनिरहे । गायक कौशलको गीत सुनेर दर्शक जोसिदा प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।
दोश्रो गीत नथियावाली रे प्रस्तुुत गर्दा झन दर्शकले जकेट खोलेर नै उडाउन थालेका थिए । यस्तै बठनिया हो भन्ने बोलको गीतले झन दर्शकलाई तताएको थियो । बाँसगढी माघी महोत्सव माघ १२ गतेदेखि संचालन भएको महोत्सव २२ गतेसम्म चल्ने छ ।
गायक कौशलले हिमचुलीमा हिउ प¥यो, यानी माया हो, घुमि घुमी घुमाईदेउ कम्मर, भिरको बाटोमा मोटर जाने भयो रे, नथियावाली रे, बठनिया हो, मपसेको चेकिङछ थोरै खाए देखिन्छजस्ता गीत प्रस्तुत गर्नुभएको थियो ।
हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती हुने बासगढी महोत्सवमा शुक्रवार अर्जुन कौशल, नविन पौडेल र दुर्गेश थापाले विभिन्न गीत प्रस्तुत गरेका थिए । गायक कौशलले हिमचुलीमा हिउ प¥यो, यानी माया हो, घुमि घुमी घुमाईदेउ कम्मर, भिरको बाटोमा मोटर जाने भयो रे, नथियावाली रे, बठनिया हो, मपसेको चेकिङछ थोरै खाए देखिन्छजस्ता गीत प्रस्तुत गर्नुभएको थियो ।
यस्तै दुर्गेश थापाले पनि आफ्ना चलेका गीत प्रस्तुत गर्दा दर्शकले साथ दिएका थिए । गायक दुर्गेश थापाले वाउ वाउ दुर्गेश थापा यो, पुर्वबाट उठ पश्चिमबाट उठ, विर गोर्खाली कि त वार कि त पार, गाई बाखा्रा र भैसी रेलमा चढि हुइकाउने जस्ता गीत प्रस्तुत गरेका थिए ।
महोत्सवमा शनिवार प्रमोद खरेल र रेशमा पुनले वेजोड प्रस्तुती दिएका थिए । महोत्सवमा थारुगाउँ लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुको मनोरञ्जन समेत रहेको आयोजक समितिले जानकारी गराएको छ ।




