थारु विद्यार्थीलाई लोकसेवातर्फ आकर्षित गराउन अभिमुखीकरण कार्यक्रम


धनगढी, फागुन १२ गते । थारु सुमदायका विद्यार्थीहरुलाई लोकसेवाप्रति आकर्षण बढाउन जंग्रार साहित्यिक बखेरी, नेपालको आयोजनामा धनगढीको छात्रबासमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

लोकसेवाको तयारी गर्दैगरेका र त्यसबारे जान्न उत्सुक भएका थारु विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम गरिएको आयोजकले बताएको छ ।
थारु समुदाय बर्षौंदेखि कृषि पेसा अँगाल्दै आएको र सोहि क्षेत्र नै संस्कृतिकोरुपमा विकास भई सरकारी जागिर तथा निजामतीतर्फ चासो नगएको देखिन्छ । थारु समुदायमा सरकारी जागिर गर्नेको संख्या तथा परिवार न्यून भएकाले पनि थारु समुदायका विद्यार्थीहरुलाई सरकारी जागिरतिर आकर्षित गराउन अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ ।

जंग्रार साहित्यिक बखेरी, नेपालले यसखाले अभियानको शुरुवाट गरिएको बखेरीका अध्यक्ष सोम डेमनडौराले बताउनुभयो । लोकसेवाबारे नियमित अभिमुखिकरणले थारु विद्यार्थीहरुको लोकसेवाप्रति आकर्षण बढ्नुका साथै यसको तयारिको बारेमा समेत प्रशिक्षित हुने आशा गरिएको छ ।

लोकसेवाबारे नियमित अभिमुखिकरणले थारु विद्यार्थीहरुको लोकसेवाप्रति आकर्षण बढ्नुका साथै यसको तयारिको बारेमा समेत प्रशिक्षित हुने आशा गरिएको छ ।

कार्यक्रमको सहजीकरण सहकारी डिभिजनमा कार्यरत लेखाअधिकृत महेश कुचिलाले गर्नुभएको थियो । थारु समुदायमा युवाहरु पढेर पनि बेरोजगार भएर बसेका छन् । उनीहरुलाई लोकसेवाको बारेमा अभिमुखिकरण गर्न सकेको अवस्थामा उनीहरुलाई निजामति कर्मचारी तथा सरकारी सेवातर्फ आकर्षित गर्न सकिन्छ भन्ने आयोजकको भनाई छ ।

अभियानले थारु समुदायको आर्थिक र सामाजिक सशक्तिकरण तथा सामाजिक रुपान्तरणकालागि महत्वपूर्ण भूमिका खेल्ने दावी आयोजकको छ । कार्यक्रमको प्रमुख अतिथिकोरुपमा रहेका थारु कल्याणकारिण्ी सभाका सचिब माधव थारुले अवका बर्षहरुमा थारु समुदायका विद्यार्थी युवाहरुलाई सरकारी जागिर खानसम्मको सक्षम बनाउनमा ध्यान दिइने बताउनुभयो ।

कार्यक्रममा थारु भाषका गजल, कविता बाचन गर्नुका साथै थारु गीत गायन गरिएको थियो । करिब ३० को हाराहारीमा सहभागी विद्यार्थीहरुले कार्यक्रमले उत्साहित भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया