झुम्का उद्योग बाणिज्य संघको निर्वाचन हुँदैः पाँचजना थारु भिडन्तमा


रामधुनी (झुम्का), फागुन १७ गते । सुनसरीको झुम्का उद्योग बाणिज्य संघको निर्वाचन २० गते आइतबार हुनेभएको छ । तीन वर्षे कार्यकालकालागि हुनगइरहेको निर्वाचनमा पाँचजना थारु व्यवसायी उम्मेदवारी दिनेभएका छन् ।

निर्वाचनकालागि दुईवटा प्यानल खडा भएको र दुवै प्यानलमा थारु उम्मेदवार रहेका छन् । समावेशी संयुक्त प्यानलबाट महासचिवसहित तीनजना थारु र लोकतान्त्रिक प्यानलबाट दुईजना थारुले उम्मेदवारी दिनेभन्दा प्रचारप्रसारमा उत्रेका छन् ।

भोलाप्रसाद रौनियारको नेतृत्वमा समावेशी संयुक्त प्यानल बनाइएको छ भने धर्मेन्द्र साहको नेतृत्वमा लोकतान्त्रिक प्यानल खडा गरिएको छ । रौनियारको प्यानलमा महासचिव नविनकुमार चौधरी, सदस्यमा सीता चौधरी र सुरेश चौधरी सदस्यकालागि उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै, साहको प्यानलबाट दिनेशकुमार चौधरी र ईश्वरलाल चौधरी सदस्य पदकालागि उम्मेदवारी दिनेभन्दै प्रचारमा छन् । समावेशी संयुक्त प्यानलबाटलाई राप्रपासहितको समर्थन र सहयोग हुने भएपछि रौनियार प्यानल बलियो देखिएको छ ।

अध्यक्ष पदका प्रत्यासी रौनियारले आफ्नो टिम विजयी भएमा व्यापारी, उद्योगीहरुको भरपर्दो सुरक्षा र निर्धक्कसाथ व्यापार व्यवसाय सञ्चालन गर्नपाउने वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । अहिलेसम्म संघको नियमित बैठकसमेत बस्न नसकेको अवस्थामा आफ्नो समूह विजयी भएमा नियमित बैठकबसी कामकाज चलायमान बनाउने सदस्य पदका उम्मेदवार सीता चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया