फैसलाविरुद्ध थारू यूवाहरुले कालो अबिरले होली खेल्दै विरोध जनाए


दाङ, फागुन १८ गते । टीकापुर घटनाको आरोपमा कैलाली जिल्ला अदालतद्वारा कैलाली क्षेत्र १ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई पुर्पक्षको लागि थुनामा राखेको विरोधमा दाङका थारू यूवाहरूले कालो अबिरको होली खेलेर विरोध जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका थारू युवाहरूले रेशम चौधरीको रिहाईको माग गर्दै जिल्ला अदालत कैलालीको फैसला सच्याउनु पर्ने सांकेतिक दबाबसहित कालो अबिरको होली खेलेका हुन् ।

टीकापुर घटनाको अढाई वर्ष भइसक्दा पनि सरकारले थारू समुदायको माग मुद्दाको बेवास्तासगंै टीकापुर घटनाको न्यायिक छानबिनविना नै चौधरी अदालतमा हाजिर हुँदापनि पुर्पक्षका लागि अदालतले चौधरीलाई जेल राखेको विरोधमा कालो अबिरले होली खेलेको थारू अगुवाहरूले बताएका छन् ।

चौधरीले देशमा ऐतिहासिक जित हासिल गरेको अवस्थामा उनलाई प्रमाणपत्रका साथै सपथ ग्रहणको वातावरण मिलाउन थारु युवाहरुले माग गरे । थारूहरूको माग पुरा नभए थारूबहुल क्षेत्रमा आन्दोलन चर्काउने युवाहरुको चेतावनी छ ।

कार्यक्रममा टीकापुर घटनाको झूठा मुद्दा तुरुन्त खारेज गर्, माननिय रेशम चौधरीलाई तरुन्त रिहाई गर, टीकापुर घटनाको आरोपितहरूको रिहाइ गर, ३५ हजार जनमतको सम्मान गर, जस्ता युवाले प्लेकार्ड बोकेका थिए । कार्यक्रममा रुपलाल चौधरी, तिलक चौधरी, चित्रमान चौधरी, रामप्यारी चौधरी, कुमार चौधरीले मन्तब्य ब्यतm गरेका थिए । कार्यक्रको सहजिकरण महेश चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया