सांसदले शपथ खाएकै दिनदेखि रेशम चौधरीको कारागारभित्र अनशन


धनगढी, फागुन २१ गते । टीकापुर घटनाको आरोपमा अहिले कैलाली कारागारमा रहेका रेशम चौधरीले विभिन्न माग राखी कारागारभित्रै अमरण अनशन शुरु गर्नुभएको छ । आइतबारदेखि शुरुभएको उहाँको अनसन सोमाबर पनि जारी छ ।

प्रतिनिधीसभा निर्वाचनमा कैलाली जिल्लाको १ बाट राष्टिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट वारेसनामामार्फत उम्मेदवारी दिई अत्यधिक मत ल्याएर विजयी चौधरीले अहिलेसम्म निर्वाचित प्रमाणपत्र पाउनु भएको छैन ।

सांसद चौधरीले प्रमाणपत्र पाउनुपर्ने, पद तथा गोपनीयताको शपथ लिन पाउनुपर्ने, आफूहरुमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने माग खाख्दै कारागारभित्रै आमरण अनशन थाल्नुभएको हो । कैलाली प्रहरी कार्यालयका प्रवत्तmा प्रहरी नायव उपरिक्षक सागर बोहराकाअनुसार सो माग पूरा गराउन आग्रह गर्दै चौधरी अनसनमा बस्नुभएको हो ।

सांसद चौधरीले प्रमाणपत्र पाउनुपर्ने, पद तथा गोपनीयताको शपथ लिन पाउनुपर्ने, आफूहरुमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने माग खाख्दै कारागारभित्रै आमरण अनशन थाल्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार आइतबार ५ बजेर ४० मिनेटमा कारागारभित्र चौधरी नेतृत्वका राजबन्दीले अनसन शुरुगरेका थिए । जिल्ला कारगार शाखा कैलालीमा टीकापुर घटनामा संलग्न रहेको आरोपमा २६ जना राजबन्दी जीवन विताइरहेका छन् ।

टीकापुर घटनामा संलग्न रहेको आरोपमा २५ जनालाई पहिले नै पुर्पक्षका लागि थुनामा राखिएको भए पनि रशेमलाल चौधरीलाई फागुन १४ गते जिल्ला अदालत कैलालीले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

जिल्ला न्यायधीश पसरशुराम भट्टराईको एकल इजलासले चौधरीलाई थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालत कैलालीका रजिष्टार इन्द्रबहादुर कठायतका अनुसार अदालती बन्दोबस्तको १ सय १८ नम्बर अनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सांसद चोधरीलाई कर्तव्‍य ज्यान, डाकाचोरी, ज्यानमार्ने उद्योग गरी तीनवटा मुद्दा लगाइएको छ । सांसद चौधरी फागुन १४ गते जिल्ला अदालत कैलालीमा उपस्थित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया