झुम्का उद्योग बाणिज्य संघमा महासचिवसहित चारजना थारु निर्वाचित


सुनिल चौधरी
झुम्का, फागुन २१ गते । झुम्का उद्योग बाणिज्य संघमा महासचिवसहित चारजना थारु निर्वाचित भएका छन् । दुई फरक फरक प्यानलबाट चुनावी मैदानमा उत्रेका थारु सदस्यहरु दुवै प्यानलबाट निर्वाचित भएका छन् ।

युवा ब्यवसायी धमेन्द्र साह अध्यक्षमा बिजयी भएका छन् । सोमवार बेलुका सम्पन्न मतगनणाअनुसार साहले ३४० मत ल्याएर निर्वाचित भए । साहका निकतम प्रतिद्धन्द्धि भोला रौनियार २७५ मत प्राप्त गरे । संघको महासचिवमा नविकुमार चौधरी, सदस्यमा दिनेश चौधरी, सीता चौधरी (थरुनी), ईश्वर चौधरी निर्वाचित भएका छन् ।

संघको महासचिवमा नविकुमार चौधरी, सदस्यमा दिनेश चौधरी, सीता चौधरी (थरुनी), ईश्वर चौधरी निर्वाचित भएका छन् ।

तीन बर्षको कार्यकालका लागि संघको प्रथम उपाध्यक्षमा सुजितकुमार राय, द्धितिय उपाध्यक्षमा सतेन्द्र न्यौपाने, महासचिवमा युवा ब्यवसायी नबिन कुमार चौधरी, बाणिज्य सचिवमा दुर्गाप्रसाद फुयाल, उधोग सचिवमा भरत कार्की, प्रचारप्रसार सचिवमा कपिल खडका, कोषाध्यक्षमा डिल्लीराम गुरागाई निर्वाचित भएको निर्वाचन संयोजक ईश्वर घिमिरेले जानकारी दिए ।

यस्तै सदस्यहरुमा कमल साह, संगीता साह, बिरेन्द्र साह, दिनेश चौधरी, ईश्वर चौधरी, सिता चौधरी, बबिता घिमिरे निर्वाचित भएको निर्वाचन सदस्य दिलिप चौधरीले जानकारी दिए । नयाँ नेतृत्व चयनकालागी आईतवार झुम्केश्वर मन्दिरमा दिनभरी मतदान भई रातीबाट उधोगबाणिज्यस संघको सभाहलमा मतगनणा भएको थियो ।

कुल ६९६ जना मतदाता रहेको झुम्का उधोग बाणिज्य संघमा ६३३ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक घिमिरेले बताए । संघमा बिभिन्न १५ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया