थाकस चितवनको छात्रावासबाट गरीब थारु विद्यार्थीहरु धेरै लाभान्वित


कारी महतो
चितवन, फागुन २२ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुरमा निर्माण गरेको थारु छात्रावासबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु लाभान्वित भएका छन् ।

माडीबाट उच्चशिक्षा अध्ययन गर्न आएकी मनिका मर्दनियाले भनिन् “थाकसले निर्माण गरेको छात्रावासबाट निकै सहज भएको छ ।” उनी सप्तगण्डकी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । सोहि छात्रावासमा बसेर नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो सेमेस्टरमा अध्ययनरत परासी जिल्लाका भक्तबहादुर चौधरीले भने “कोठा भाडामा लिएर बसेको भए महिनाको तीन चार हजार रुपैयाँ कोठा भाडामै सकिन्थ्यो, तर यहाँ महिनाको पाँच सयमा बसेर पढ्न पाएको छु ।”

उक्त छात्रावासबाट यसवर्ष ७ महिलासहित २२ जना विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त भवन अझै निर्माणाधिन अवस्थामा भएपनि निर्माण सम्पन्न भईसकेको कोठाहरुमा आर्थिक समस्या भएका विद्यार्थीहरुलाई सहुलियत दरमा कोठा उपलब्ध गराइएको थाकस चितवनका सभापति विश्राम महतोले बताए ।

माडी बघौडाका आशिष महतोले पनि त्यस्तै कुरा सुनाए । चनौलीबाट स्कुल अफ हेल्थ सोइन्समा दोस्रो वर्ष फार्मेसी पढ्दै गरेका यमनारायण महतोले दैनिक घरबाट आवतजावत गर्दा धेरै समय बसमै खर्च हुने भएर थारु छात्रावासमा बसेर अध्ययन गर्दै आएको बताए ।

विगत दुई वर्षदेखि थारु छात्रावासमा बसेर पढ्दै गरेका यमनारायण महतोले छात्रावासमा केहि कुराको अभाव खड्किएको महशुस गरेका   छन् । “सानो भएपनि एउटा खेल मैदान भएको भए राम्रो हुन्थ्यो” उनले भने । फोहोर पानीको निकासको व्यवस्था नहुँदा वर्षभरि नै लामखुट्टेले हैरान पारेका छन् महतोको सुझाव छ ।

“वरपर फोहोर व्यवस्थापन गर्न पनि ठाउँ निकै साँघुरो छ । छात्रावासको आडकै खाली ठाउँलाई सदुपयोग गर्न पाएको भए राम्रो हुन्थ्यो ।” उनले बताए ।

उक्त छात्रावासबाट यसवर्ष ७ महिलासहित २२ जना विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त भवन अझै निर्माणाधिन अवस्थामा भएपनि निर्माण सम्पन्न भईसकेको कोठाहरुमा आर्थिक समस्या भएका विद्यार्थीहरुलाई सहुलियत दरमा कोठा उपलब्ध गराइएको थाकस चितवनका सभापति विश्राम महतोले बताए ।

अधिकांश विद्यार्थीहरुले भरतपुरमा चार हजारसम्म कोठाभाडा तिरेर अध्ययन गरीरहेको अवस्थामा थाकस चितवनले प्रतिविद्यार्थी पाँचसय मात्र लिई छात्रावास उपलब्ध गराएको छ । छात्रावासमा बसेर अध्ययन गर्नेहरुमा अधिकांश चितवनको दुर्गम ठाउँ माडीका विद्यार्थीहरु रहेका छन् ।

उक्त छात्रावास निर्माणसम्पन्न गर्नकालागि हालसम्म करीब ७५ लाख खर्च भएको छ । २२ वटा कोठाहरु निर्माण भएको छ । आर्थिक अभावका कारणले पूर्णरुपमा अझै सम्पन्न हुनसकेको छैन । निर्माण कार्यकालागि विभिन्न व्यक्तित्वहरुले आर्थिक सहयोग गरेको भए तापनि अपुग भएपछि थाकसले गाउँगाउँमा गएर खरिहानी कार्यक्रम मार्फत् धान संकलन गरी निर्माण गरेको कुरा सभापति विश्राम महतोले बताए ।

थारु छात्रावास निर्माणका लागि जिल्ला विकास समितिले २०४९ सालमै जिल्ला प्रहरी कार्यालय अगाडि चार कट्ठा जग्गा उपलब्ध गराएको थियो । त्यसबेला थाकस चितवनको सभापति जोखा चौधरी थिए । जोखा चौधरीकै कार्यकालमा उक्त जग्गामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले छात्रावास भवनको सिलान्यास गरिएको थियो ।

छात्रावास निर्माण गर्नकालागि संसद विकास कोषमार्फत् पूर्व सभासदहरु लालमणि चौधरीले दुईलाख, सावित्री चौधरीले दुई लाख र रुक्मिणी चौधरीले पटक पटक गरी आठ लाख सहयोग गरेका छन् । चितवन जिल्ला विकास समितिले थारु विकास कार्यक्रममार्फत प्रतिवर्ष तीन लाखका दरले उपलब्ध गराउने बजेट पनि यहि भवन निर्माण गर्नमा खर्च गरिएको छ । यी बाहेक नेपाल सरकारको कुनै पनि निकायले छात्रावास भवन निर्माणका लागि बजेट उपलब्ध गराएको छैन ।

थारु छात्रावास निर्माणका लागि जिल्ला विकास समितिले २०४९ सालमै जिल्ला प्रहरी कार्यालय अगाडि चार कट्ठा जग्गा उपलब्ध गराएको थियो । त्यसबेला थाकस चितवनको सभापति जोखा चौधरी थिए । जोखा चौधरीकै कार्यकालमा उक्त जग्गामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले छात्रावास भवनको सिलान्यास गरिएको थियो ।

तर आन्तरिक किचलोकाकारण थाकसले समयमै भवन बनाउन नसक्दा जिल्ला विकास समितिले जग्गा फिर्ता लिई अन्यत्र एक कट्ठा उपलब्ध गराएको थियो । त्यो ठाउँमा स्थानीय क्लबहरुले भवन बनाउन नदिएपछि थाकसको छात्रावास वर्षौसम्म अलपत्र परेको थियो । पछि थाकसले चितवन महोत्सव बहिष्कार गरेपछि थाकसलाई फकाउन जिल्ला विकास समितिले बार एसोसिएसन अगाडि एक कट्ठा जग्गा उपलब्ध गराई एक महिनाभित्र भवन बनाउन अल्टीमेटम दिएको सभापति विश्राम महतोले बताए ।

अनेक दुख गरेर दुई कोठे टहरो बनाई अफिस सञ्चालन गरिदै आएको थियो । विश्राम महतोको कार्यकाल पश्चात जिल्ला सभापति टिकेन्द्र चौधरीले आफ्नो कार्यकालमा व्यवस्थित नक्सासहित अहिलेको भवन बनाउन शुरुवात गरेका थिए । टिकेन्द्रको कार्यकाल समाप्त भएपछि पुन विश्राम महतो सभापति भई विभिन्न चन्दा सहयोग र खरिहानी उठाएर अहिलेको २२ कोठे भवनको निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया