
सुख्खड (कैलाली), फागुन २४ गते । देशभर अन्तर्राष्टिय महिला दिवस मनाइरहँदा कैलालीको सुख्खडमा बोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुनेगरी कुटपिट गरिएको छ।
कैलालीको घोडाघोडी नगरपालिका–५ दउँकलियाकी १८ वर्षीया किशोरी राधा चौधरीलाई स्थानीय गुरुवा रामवहादुर चौधरीले बोक्सीको आरोपमा कुटपिट गरेका हुन।
पुजाआजाका काममा नआएको निहुँमा वोक्सी भनेर कुटपिट गरिएको स्थानीय वासिन्दाले बताएका छन्।
पुजाआजाका काममा नआएको निहुँमा वोक्सी भनेर कुटपिट गरिएको स्थानीय वासिन्दाले बताएका छन्। कुटपिटले किशोरी चौधरी बेहोस भएकी छिन् । उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ।
गुरुवा रामप्रसाद चौधरीलाई भने प्रहरीले उपचार खर्च दिने सर्तमा छोडेको बताइएको छ। ईलाका प्रहरी कार्यालय सुख्खडले पीडित पक्षले उजुरी नदिएको अवस्थामा उपचार खर्च पीडकले भराउनेगरी छाडिएको बताएको छ । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले आफू आफन्तको मलामीमा गएकाले घटनाबारे खासै जानकारी नभएको बताए ।




