आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीमा लखन चौधरी


धनगढी, चैत १७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीको अध्यक्षमा पत्रकार लखन चौधरी सर्वसम्मत चयन भएका छन् ।

फोनिज कैलालीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि कैलाली जिल्लामा रही पत्रकारिता गरिरहेका चौधरी धनगढीबाट प्रकाशन हुने थारु दैनिक पहुराका सहसम्पादक हुन् । त्यस्तै, अनलाइन मिडिया लोकान्तर डटकमको प्रदेश ७ का प्रतिनिधि हुन् ।

चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार गणेश चौधरी, भीम चौधरी र उन्नती चौधरी चयन भएका छन् ।

समितिको उपाध्यक्षमा हरेन्द्र चौधरी, सचिवमा राम दहित, कोषाध्यक्षमा दुर्जनकुमार चौधरी, सहसचिवमा हेमा चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यमा क्रमशः मोहन चौधरी, प्रेम चौधरी, वीरबहादुर चौधरी, स्वरुप चौधरी, बालकृष्ण चौधरी, सागर कुश्मी चयन भएका छन् ।

चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार गणेश चौधरी, भीम चौधरी र उन्नती चौधरी चयन भएका छन् । पर्यवेक्षकमा मुकेश टेंर्रालाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष चौधरीले बताए । सो जिल्ला अधिवेशनबाट प्रादेशिक प्रतिनिधिमा पत्रकार प्रेम चौधरी र दिनेश दहितलाई छनौट गरिएको छ ।

निवर्तमान जिल्ला अध्यक्ष अनत चौधरीको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि फोनिजका पूर्व जिल्ला अध्यक्ष एंव गोरखापत्रकर्मी अविनाश दहित चौधरी रहेका थिए । त्यस्तै, कार्यक्रममा प्रेस युनियन कैलालीका वरिष्ठ उपाध्यक्ष भीम चौधरी, प्रेस सेन्टर नेपालका प्रदेश ७ का उपाध्यक्ष मुकेश र्टेर्रा, थारु पत्रकार संघका प्रदेश नं. ७ की संयोजक उन्नती चौधरीलगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया