बोक्सी भन्दै राधा चौधरीलाई कुटपिट गर्नेहरु पूर्पक्षकालागि कारागार चलान


धनगढी, चैत २० गते । कैलाली जिल्लास्थित घोडाघोडी नगरपालिकामा ५, देवकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने छ जनालाई जिल्ला अदालतको आदेशबमा पुर्पक्षकालागि कारागार चलान गरिएको छ ।

देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते अन्तर्राष्टिय महिला दिवसकै दिन मरणासन्न हुनेगरी कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयकाअनुसार पुर्पक्षकालागि कारागार पठाइएको अभियुक्तमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथदिने किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।

पीडित राधा सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्केकी थिइन् । बोक्सीको आरोपमा कुटपिट भएको सो घटनाले सनसनी मचाएको थियो ।

तपाईको प्रतिक्रिया