जनजाति पत्रकार महासंघ (फोनिज) बारा अध्यक्षमा दुष्यन्त चौधरी निर्वाचित


वीरगन्ज , चैत २१ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति बाराको अध्यक्षमा पत्रकार दुष्यन्त चौधरी सर्वसम्मत चयन भएका छन् ।

फोनिज बाराको मंगलबार भएको जिल्ला अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । करिब सात वर्षदेखि बारामा रही पत्रकारिता गरिरहेका चोधरी बाराबाट प्रकाशित हुने कृपा दैनिकका संचालक हुन् । त्यसैगरी थारू पत्रकार संघ नेपालको केन्द्रीय सदस्य तथा प्रदेश नं.२ का संयोजक पनि हुन ।

समितिको खुल्ला उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा मनोरमा चौधरी, सचिवमा अनिलप्रित चौधरी, कोषाध्यक्षमा मिरा चाम्लिङ राई, सहसचिवमा नविन चौधरी सर्वसम्मत भएका छन् ।

चैत २३ र २४ गते काठमाडौंमा हुने छैठौं केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार सत्य प्रकाश श्रेष्ठ, जितलाल श्रेष्ठ तथा सत्य श्रेष्ठलाई चयन गरिएको अध्यक्ष चौधरीले बताए ।

त्यस्तै, सदस्यमा शिव थापामगर, धिरेन्द्र पनुहर, चन्दन चौधरी, आकाश श्रेष्ठ, बुधन चौधरी, सुमन श्रेष्ठ, राजकुमार लामा रहेका छन् । चैत २३ र २४ गते काठमाडौंमा हुने छैठौं केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार सत्य प्रकाश श्रेष्ठ, जितलाल श्रेष्ठ तथा सत्य श्रेष्ठलाई चयन गरिएको अध्यक्ष चौधरीले बताए ।

त्यस्तै, प्रादेशिक प्रतिनिधिमा पत्रकार निमा लामा, रेनु चौधरी तथा शेखर चौधरीलाई छनौट गरिएको छ । निवर्तमान जिल्ला अध्यक्ष सत्य श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ बाराका अध्यक्ष तथा प्रदेशसभा सदस्य सीता गुरूङ रहेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य शोभा लामा, सुन्दरबहादुर विश्वकर्मा, नेकपा (एमाले) बाराका प्रचारप्रसार प्रमुख मनोज पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष कमलकुमार उपाध्याय, बाराका अग्रज पत्रकार रेशम तिवारी, प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, प्रेस युनियन बाराका अध्यक्ष गणेशराज रिजाल, समर्पण एफएमका प्रबन्ध निर्देशक संतोष देउजा, पत्रकार निरज पिठाकोटे मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया