थारु पत्रकार संघ दाङ शाखाले थारु भाषा संरक्षणमा कार्यक्रम उत्पादन गर्ने


तुलसीपुर, बैशाख ८ गते । थारु पत्रकार संघ दाङ शाखाले थारु भाषा संस्कृतिको संरक्षण र सम्बद्र्धनका निम्ति कार्यक्रम उत्पादन र सञ्चालनको अभियान चलाउने बताएको छ । संघको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रत्येक महिनाको पहिलो सातामा नियमित संघको बैठक बस्ने निर्णय पनि गरेको छ । साथै थारु पत्रकारका सम्पूर्ण सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ । त्यस्तै, संघ दाङको कार्यसमितिमा हेरफेर गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा बोल्ने वक्ताहरुले थारू भाषा अन्यौलमा पार्नेगरी समाचार प्रकाशन एवं प्रसारण गरेकोप्रति गुनासो गर्दै थारु पत्रकारहरु यसप्रति सचेत रहनुपर्ने सुझाव दिएका छन् । त्यस्तै आउँदा दिनहरुमा थारु पत्रकारहरुले थारुहरुको पहिचान, संस्कृति र भाषाको संरक्षण र सम्वद्र्धनका लागि कार्यक्रम उत्पादन एवं कलम चलाउनुेमा वक्ताले जोड दिएका छन् ।

यसैबीच कार्यक्रममा थारु पत्रकार संघ दाङ शाखाका निवर्तमान अध्यक्ष, संघका केन्द्रीय सदस्य, प्रदेश नं. ५ का संयोजक सन्तोष दहित नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को समावेशी सचिव पदमा निर्वाचित हुनेभएकाले वैठकले बधाई ज्ञापन गरेको छ ।

थारु पत्रकार संघ दाङ शाखाका कार्यवाहक अध्यक्ष अञ्जना चौधरीको अध्यक्षता बैठक सम्पन्न भएको थियो । बैठकमा लालु चौधरी, सवि थारु, उदिराम चौधरी, डिला चौधरी, निता चौधरी र श्रीराम दहितलगायतले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण संघका सदस्य विष्णु कुसुमले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया