महिला सशक्तिकरणकालागि उत्थान समाजको तीनदिने नेतृत्व बिकास तालिम


सुनिल चौधरी
झुम्का, बैशाख १७ गते । महिला शसक्तिकरणकालागि रामधुनी सुनसरीको नगरमा महिलाहरुलाई नेतृत्व बिकास गर्न थारु महिला उत्थान समाजले तीन दिने तालिमको आयोजना गरेको छ ।

महिला हिंसाका घटना बृद्धि भइरहेकाले न्युनिकरणकालागि वडा नं १ को सहयोगमा बैशाख १७ देखि १९ सम्म उत्थानले तालिमको आयोजना गरेको हो ।

तालिमको उदघाट गर्दै प्रमुख अतिथी तथा वडा अध्यक्ष महेश चौधरीले वडाले महिलाको समान अधिकार स्थापनाकालागि उनीहरुको क्षमता बिकास गर्ने उधेश्यले तालिम उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

महिला उत्थान समाजले सामाजिकरुपले पहिले देखिनै महिला जागरणका कार्यहरु गर्दै आइरहेकोले वडाले समन्वयगरी तालिम सञ्चालन गरेको उनले बताए ।

उत्थान समाजकी अध्यक्ष सीता चौधरीको अध्यक्षतामा भएको सो तालिम उदघाटन कार्यक्रममा बोल्ने वक्ताहरुले महिलालाई आरक्षण मात्रै नभएर नेतृत्व बिकासमा पनि उत्तिकै जोड दिनुपर्ने बताएका थिए ।

तालिम उदघाटन कार्यक्रममा वडा सदस्य पार्वतीदेवि सरदार, सहजकर्ता वडासचिव अभिनारायण भट्टराईले मन्तब्य राखेका थिए । झुम्का स्वाथ्यचौकीको सभाहलमा सञ्चालन भईरहेको सो तालिममा २५ जना महिलाहरुको सभागीता रहेको उत्थान समाजकी कोषाध्यक्ष आशा चौधरीले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया