मलेसियामा पनि अब फोनिजको विदेश शाखा, सचिवमा आर.एन. चौधरी चयन


आर.एन. चौधरी
मलेसिया, बैशाख २४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को मलेसिया शाखा गठन भएको छ । यो सँगै फोनिजको विदेश शाखा संख्या ६ पुगेको छ ।

मलेसियाको राजधानी क्वालालमपुरमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघको संगठन सचीव मिलन लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले फोनिजको मलेशिया शाखा गठन गरेको हो ।

सुनाखरी मगरको अध्यक्षतामा गठन भएको मलेशिया शाखा उपाध्यक्षमा दिपखादी लिम्बू, सचिवमा घनश्याम चौधरी (आर.एन. चौधरी) सहसचीव इषा राना, कोषाध्यक्षमा अर्पण मगर चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा क्रमशः सोनाम नोर्बु तामाङ, पासाङ तामाङ, बेगबहादुर आले मगर, सन्तोष योन्जन तामाङ, सबिन राई रहेका छन् ।
त्यस्तै, सल्लाहकारमा क्रमशःबिपिन राई ,बिपेन उलाङ्गे, दिल केरुङ लिम्बू, रुसाहाङ चेम्जोङ रहनुभएको छ ।

आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा लिम्बूवान पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङ , नेपाली कलाकार राजन राई लगायत विभिन्न संघ संस्था, राजनीतिक पार्टीका भातृ संगठनको सहभागिता थियो ।

सो अवसरमा लिम्बुवान पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङद्वारा लिखित मलेसियामा नेपाली साहित्यहरु नामक पुस्तक बिमोचन गरिएको थियो । फोनिजको अन्य विदेश शाखामा युरोप, दक्षिण कोरिया, हङकम, जापान र बेलायतमा रहेका छन् ।

तपाईको प्रतिक्रिया