मिर्चैया गाउँमा थारु समुदायको परम्परागत पूजा र जिम्मेवारी बारे छलफल


भगतराम थारु
बर्दिया, जेठ २१ गते । बर्दिया ठाकुरवावा नगरपालिका ३ मिर्चैया गाउँमा थारु समुदायहरुको एक छलफल कार्यक्रमले विभिन्न निर्णय गरेको छ । मिर्चैयाका बडघर बुधराम थारुको अध्यक्षतामा भएको छलफल कार्यक्रमले थारु समुदायको विभिन्न समयमा हुने पूजाबारे छलफल गरेको थियो ।

थारु समुदायमा हरेक बर्ष गर्नैपर्ने पुजावारे छलफल गरिएको मिर्चैयाका बडघर बुधराम थारुले बताउनुभयो । प्रत्येक बर्ष एकपटक गर्नैपर्ने पुजाजस्तै हरेरीपुजा, लवाङगीपुजा, धुर्यापुजा लगायत थारु समुदायमा विभिन्न समयमा गरिने पुजावारे के कसरी गर्नेबारे छलफल गरिएको थियो ।

पुजाको लागि चाहिने रक्सी, रकम, सुङगुृरको बच्चा, कुखुराको व्यवस्थापन गर्नेसमेत जिम्मा लगाइएको उहाँले बताउनुभयो । समाजको कामकालागि सवैले एकतावद्ध भएर लाग्नुपर्ने आवश्यक रहेको ठाकुरवावा नगरपालिका ३ का वडाअध्यक्ष श्रीकृष्ण थारुले बताउनुभयो ।

गाउँ समाजमा हुने जस्तोसुकै समस्यालाई साझा बुझाईकासाथ अगाडि पढ्नुपर्ने उहाँले धारणा राख्नुभएको थियो । प्रमुख अतिथिसमेत रहनुभएको वडा अध्यक्ष थारुले समाजलाई अव्वल बनाउन थारु समुदाय एक भएमात्र समस्या समाधान सम्भव हुने बताउनुभयो ।

छलफल कार्यक्रममा बर्षातको समयमा श्रमदान गरेर कुलो खन्ने विषयमा समेत छलफल भएको थियो । हरेक घरबाट एक जना कुलो सुधार गर्नेगरी आउनुपर्ने बडघर बुधरामले बताउनुभयो ।

थारु समुदायमा भैपरि आउने समस्यालाई सवैको साथ सहयोगले समाधान हुनसक्ने भएको हुनाले यसमा साझा बुझाईका साथ अगाडि बढनुपर्ने उहाँले बताउनुभयो । छलफल कार्यक्रमबाटै वडा नं. १, २ र ३ समुहलाई लवाङगी पुजा, ४, ५ र ६ लाई धुर्या पुजा र ७, ८ र ९ लाई हरेरीपुजा गर्ने जिम्मा लगाईएको बडघर बुधरामले बताउनुभयो ।

छलफल कार्यक्रममा बर्षातको समयमा श्रमदान गरेर कुलो खन्ने विषयमा समेत छलफल भएको थियो । हरेक घरबाट एक जना कुलो सुधार गर्नेगरी आउनुपर्ने बडघर बुधरामले बताउनुभयो । खेतीको समयमा पानी सहजताकालागि कुलोलाई सफा बनाउनु बबई मुहानसम्म श्रमदान गरी कुलो झार्ने सहमति भएको उहाँले बताउनुभयो ।

हरेक बर्ष गाउँभरिका मानिस मिलेर कुलो खन्ने र नआएका व्यक्तीबाट जरिवाना (खारा) लिएर कुलभोज मनाउने चलन समेत रहेको बडघर बुधरामले बताउनुभयो । मिर्चैया गाउँमा १ हजार ८ सय ३४ जनसंख्या रहेको छ । जसमध्ये ८ सय ७६ पुरुष र ९ सय ५८ महिला छन् । मिर्चैया गाउँमा ३ सय बढि घरधुरी रहेको छ ।

छलफल कार्यक्रममा झरसलुवा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पहरी थारु, सचिव मिलाप्रसाद थारु, गाउँका अगुवा पुर्वप्रधान लहानु थारु, समाजसेवी चुडामणी अर्याल, गाउँका चौकीदार कान्छा थारु लगायत स्थानियवासीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया