थारु महिला सभाको अधिवेशन सम्पन्नः अध्यक्षमा पुनः हरिदेवी चौधरी


सुनिल चौधरी
हेटौडा,जेठ २७ गते । थारु कल्याणकारिणीसभाको भातृ संगठन थारु महिला सभाको केन्द्रीय अधिवेशन हेटौडामा आइतबार सम्पन्न भएको छ । अध्यक्षमा पुनः हरिदेवी चौधरी सर्वसम्मत चयन हुनुभयो ।

महिलाके आत्मनिर्भर बनाबैके लेल, हरेकके हाथमे सिप, हरेकके रोजगार नारासहित जेठ २६ र २७ गते हेटौडामा भएको महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।

केन्द्रिय कार्यसमितिमा हरिदेवि चौधरी (अध्यक्ष) सिरहा, श्यामादेवि चौधरी (उपाध्यक्ष) बारा, अनिता चौधरी (दोस्रो उपाध्यक्ष) मकवानपुर, शुसिला चौधरी (सचिव) सुनसरी, जयमाला चौधरी (महासचिव) रौतहट, बिक्रमी महतो चौधरी (कोषाध्यक्ष) उदयपुर चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा धन्त्रु महतो, सितादेवि चौधरी, निरा चौधरी, हरीमाया थनैत थारु, मन्जु चौधरी, कमला थारु, लक्षमिकुमारी चौधरी, रिता चौधरी, ललिता कुमारी चौधरी, कृष्णामाया चौधरी, पुर्णकुमारी चौधरी, एलिसा दहित, सबिता र दिता चौधरी चयन हुनुभएको छ ।

महासचिव बाहेक सबै पदमा निर्विरोध चयन भएका थिए । महासचिवमा थामस मोरंगकी अध्यक्ष कल्पना चौधरी र रौतहटको जयमाला चौधरीले उम्मेदवारी दिनुभएको थियो । निर्वाचनमा दुई मतले जयमाला महासचिवमा निर्वाचित हुनुभयो ।

तपाईको प्रतिक्रिया