चितवनको खैरहनीमा होमस्टे पर्यटन विकास सम्बन्धि चारदिने तालिम


कारी महतो
खैरहनी, जेठ ३० गते । खैरहनी नगरपालिका १० को कठारमा होमस्टे पर्यटन विकास सम्बन्धि चारदिने तालिम शुरुभएको छ । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले उक्त तालिमको उदघाटन गर्नुभयो । तालिम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

तालिम आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे कठारमा भइरहेको छ । तालिमकालागि नेपाल सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयको सहकार्यमा तारागाउँ विकास समितिको आर्थिक सहयोगमा आयोजना गरिएको होमस्टेका सचिव माया चौधरीले बताउनुभयो ।

तालिममा २५ महिला र ५ पुरुष गरी ३० जनाको सहभागिता रहेको छ । उदघाटन समारोह सामुदायिक होमस्टेका व्यवस्थापक रामेश्वर चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

यसअघि त्यस होमस्टेमा सिटिइभिटीद्वारा मान्यता प्राप्त तीन महिने कुकिङ्ग तालिम पनि सञ्चालन भईरहेको छ । कुकिङ्ग तालिममा ४० जना महिलाहरुको सक्रिय सहभागीता रहेको कुरा आदिवासी मध्यवर्ती सामुदायिक होमस्टेका सचिव माया चौधरीले जानकारी दिनुभयो । खैरहनी नगरपालिका वडा नं. १० कठारका २५ थारु परिवारले उक्त आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

होमस्टेमा थारु र मुसहर समुदायको साँस्कृतिक परम्परासँग घुलमिल गर्न बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएपनि आन्तरिक पर्यटकहरुलाई विशेष प्राथमिकता दिने गरेको होमस्टेका व्यवस्थापक रामेश्वर चौधरीले बताए ।

तपाईको प्रतिक्रिया