फ्रान्सका केलियन एम्बाप्पे बने वल्डकपका सर्वोत्कृष्ट युवा खेलाडि


काठमाडौं, असार ३२ गते । फ्रान्सका केलियन एम्बाप्पे वल्ड कप खेलको सर्वोत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन् । उनलाई पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडीको संज्ञा दिइएको छ ।

फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरे । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने सर्वोत्कृष्ट युवा खेलाडी हुन् । सन् १९५८ को विश्वकपमा गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए ।

यसअघि उनले विश्वकपको एकै खेलमा दुई गोलको पेलेको रेकर्ड बराबरी गरेका थिए । यसरी हेर्दा फ्रान्सको पेलेका उपनाम पाएका एम्बाप्पे साँच्चै पेलेलाई पछ्याइहेको महशुस गरिन्छ । उनले रुस विश्वकपकै उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका छन् ।

लुकालाई गोल्डेन बल अवार्ड
क्रोएशियाका कप्तान लुका मोड्रिच विश्वकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बल अवार्ड जिते । कोएशियालाई विश्वकपको फाइनलसम्म ल्याउने क्रममा उनको प्रदर्शन महत्वपूर्ण मानिएको थियो ।

यी मिडफिल्डरले २ गोल गरे भने २ गोलका लागि अवसर पनि सिर्जना गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका इङल्यान्डका स्ट्राइकर ह्यारी केनले गोल्डेन बुट तथा बेल्जियमका थिबाउट कोर्टोइसले सर्वोत्कृष्ट गोलकिपर घोषित हुँदै गोल्डेन गोल्भ्स जितेका छन् ।

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्दा फाइनलमा पहिलो पटक पुगेको क्रोएसियाले भने उपाधि उचाल्ने राम्रो अवसर गुमायो ।

तपाईको प्रतिक्रिया