चारसय ६५ ले आँखा, कान जाँचको लिए घरआंगनमै निःशुल्क स्वास्थ्य सेवा


झुम्का, (सुनसरी) साउन १९ गते । थारु महिला उत्थान समाज र लायन्स क्लव आफ रामधुनीको संयुक्त आयोजना तथा विराटनगर आँखा अस्पतालको सहकार्यमा भएको एक दिवसीय स्वास्थ्य शिविरबाट करिब चारसय ६५ जनाले निःशुल्क स्वास्थ्य चेकजाँचको सेवा लिएका छन् ।

रामधुनी नगरपालिकाको प्रांगणमा शनिबार विहान ९ देखि साँझ ५ बजेसम्म भएको शिविरका लागि रामधुनी नगरपालिका वडा नं. १ कार्यालयको सहयोग रहेको थियो । घर आंगनमै निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएपछि जेष्ठ देखि बालकसम्मले सेवा लिएको थारु महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

शिविरमा बिराटनगर आँखा अस्पताल रानी बिराटनगरको प्राबिधिक सहयोग रहेको थियो । शिविरमा नौ जना चिकित्सकले सक्रियपूर्वक सहयोग गर्नुभएको थियो । शिविरमा स्वास्थ्य चेकजाँच गराएकोमध्ये ६० जनामा आँखाको मोतियाविन्दु रोग फेला परेको स्थानीय आयोजक उत्थान समाजले बताएको छ । रोग पहिचान भएकाहरुको ५० प्रतिशत छुटमा उपचारको व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले बताउनुभयो ।

चेकजाँचका क्रममा स्थानीय आयोजकको अनुरोधमा चश्मा तथा औषधि सहुलियत दरमा उपलब्ध गराईइएको छ । चेकजाँचबाट ४५ जनालाई आँखाका लागि चश्मा लगाउनुपर्ने देखिएको छ । चेकजाँच शिविरमा ६० जना बालबालिकाको पनि स्वास्थ्य चेकजाँच भएको उत्थान समाजले बताएको छ ।

तपाईको प्रतिक्रिया