विधान विपरित काम गरेको भन्दै अध्यक्ष शेर्पा महासंघबाट बर्खास्त


आर.एन. चौधरी
मलेसिया, असोज १ गते । नेपाल् आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाले अध्यक्ष फूपू तेम्बा शेर्पालाई पदबाट बर्खास्त गरेको छ ।

आइतबार क्वालालम्पुरमा बसेको सचिवालय समितीको बैठकले केन्द्रिय अध्यक्ष शेर्पा पिनासा (पिटि) लाई पद र संस्थाबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

केही दिन अघिदेखि विभिन्न विवादमा शेर्पाको नाम मुसछदै आएको थियो । ठगी, दलाली, आर्थिक हिनामिना लगायतको विभिन्न आरोप खेपेपछि शेर्पालाई निलम्बन गर्ने निर्णय गरेको छ ।

अबैधानिक कामदारहरु आफुहरु लाई विभिन्न बहानामा दुःख दिदै आइरहेको र यो समस्याबाट मुक्त हुन पाउँ, उद्दार गरी पाउँ भन्दै शेर्पाविरुद्ध नेपाली राजदुतावास मलेसियामा पीडितहरुले उजुरी दिएका थिए । उजुरीको आधारमा राजदूताबासले शेर्पासँग स्पष्टीकरण सोध्दै पीडित नेपालीलाई ससम्मान नेपाल फर्काउन आदेश दिएको थियो ।

हेर्नुहोस् विज्ञप्ती

तपाईको प्रतिक्रिया