थारु महिला उत्थान समाजको स्वास्थ्य सिविरः ३४० जनाले लिए स्वास्थ्य सेवा


सुनिल चौधरी
झुम्का, असोज १८ गते । थारु महिला उत्थान समाजले बिहिवार झुम्कामा आयोजना गरेको छाला र डेन्टल सम्बन्धी निःशुल्क स्वास्थ्य सिविरबाट ३४० जनाले स्वास्थ्य सेवा लिएका छन् । बिपि प्रतिष्ठान धरानको प्राबिधिक सहयोगमा भएको सिविरबाट स्थानीय लाभान्वित भएको बताएका छन् ।

छाला र डेन्टल रोगबाट बढी ग्रसित देखिएकालाई आयोजकको अनुरोधले बिशेष छुटमा धरान क्याम्पमै उपचार गर्ने जनाएको छ । झुम्का स्वस्थ्य चौकीमा आयोजना गरिएको शिविरबाट निःशुल्क औषधि बितरण गरिएको समाजकी अध्यक्ष सीता थरुनी चौधरीले बताउनुभयो ।

उत्थान समाजले जितियाकै अवसरमा साँस्कृतिक तथा बक्तृत्वकला कार्यक्रम पनि मंगलबार आयोजना गरेको थियो । जितिया कार्यक्रमको दुई दिनपछि विहिबार स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरमा इलाका प्रहरी कार्यालय सुनसरीको पनि प्राविधिक सहयोग रहेको थियो ।

थारु समुदायको जितिया बिषयक् बक्तृत्वकल प्रतियोगिताामा अभिषेक चौधरी प्रथम स्थान हासिल गर्नुभयो । प्रतियोगी चौधरीलाई नगद ५ हजार ५ सय रुपियाँ सहित शिल्ड तथा आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै, प्रतियोगितामा दोस्रो स्थान सुसिल चौधरी, तेस्रो धिरज चौधरी र सान्त्वना हिनु चौधरीले हात पार्न सफल हुनुभयो । दोस्रोलाई ३ हजार ५००, तेस्रोलाई २ हजार र सान्त्वनालाई नगद १ हजार १०० रुपिया प्रदान गरिएको उत्थान समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

उत्थान समाजले यसअघि पनि स्वास्थ्य शिविरको आयोजना गरेको थियो । सो शिविरबाट पनि संयौं स्थानीयले स्वास्थ्यसेवा प्राप्त गरेका थिए । सो संस्थाले स्थानीयरुपमा विभिन्न जनचेतनामूलक, सांस्कृतिक तथा महिला शसक्तिकरणको कार्यक्रम पनि निरन्तर गर्दैआएको    छ ।

तपाईको प्रतिक्रिया