विद्यार्थीले काठमाडौं घेरे

नाकाबन्दी फिर्ता गर्न माग


E-7

काठमाडौंं, मंसिर ११ गते । भारतीय नाकाबन्दी फिर्ता गरी विद्यालय सुचारुको माग गर्दै काठमाडौंका विद्यार्थीहरुले शुक्रबार साढे २७ किलोमिटर लामो चक्रपथ घेराउ गरेका छन् ।
बिद्यालय पढ्ने ससाना नानीहरु प्ले कार्ड बोकेर ‘बाँच्न र पढ्न देऊ भन्दै राजधानीको चक्रपथको सडकमा ओर्लेका हुन् ।

नाकाबन्दीका कारण विद्यार्थीलाई परेको असरलाई अन्तर्राष्ट्रिकरण गर्ने उद्देश्यले हजारौं स्कूलले बालबालिकाको सहभागितामा मानव साङ्लोले राजधानी घेरिएको हो । कक्षा ८ देखि १२ सम्मका सबै विद्यार्थीहरु विहान ११ देखि १२.३० सम्म संकट पार्न पाइदैन, नाकाबन्दी चाहिदैन, नाकाबन्दी तुरुन्त खोल, शान्ति र सदभाव कायम राख, बालअधिकार सुरक्षित राख जस्ता नारा लेखेका प्लेकार्ड बोकेर बालबालिका सडकमा आएका थिए ।

E-6

‘बाँच्न र पढ्न देऊ भन्ने मुख्य नाराका कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, स्वयम्भु हुँदै पुनःकलङ्कीसम्म मानव साङलो तयार गरिएको थियो । सांकेतिक रुपमा दवाव दिने हिसावले गरिएको कार्यक्रममा कुनै प्रकारका कोणसभा गरिएको थिएन ।
राष्ट्रिय झन्डा र नाकाबन्दी तथा बालबालिकाको हकअधिकार लेखिएको प्ले कार्ड, ब्यानर सहित विभिन्न कलेजका विद्यार्थीहरू, अभिभावक र सर्वसाधारणको उपस्थिति थियो ।

मानवसाङ्लोमा करीब ५ हजारभन्दा बढी विद्यार्थीहरुले सहभागी भए । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान), विद्यार्थी संगठनहरु, शिक्षक महासंघ, अभिभावक संघ नेपाल, राष्ट्यि अभिाभावक संघसहितका संघसंस्थाको आह्वानमा मानव साङ्लो बनाइएको थियो ।

सरकारले मानवसाङ्लोमा बालबालिकालाई प्रयोग नगर्न भने पनि शुक्रबार निजी विद्यालय संचालकले विद्यार्थीलाई सडकमा उतारे । राजनीतिक दलहरुले संगठनहरुले विद्यार्थीलाई जुलुस, प्रदर्शन र राजनीतिक कार्यक्रममा सहभागी गराउँदा प्याब्सन र एन प्याब्सनले चर्को विरोध गर्ने गरेका थिए। तर शुक्रबार तिनै प्याब्सन र एन प्याब्सनले बालबालिकालाई सहभागी गराए।

E-5

E-4

E-2

तपाईको प्रतिक्रिया