नारायणगढमा आयोजित एकहप्ते आधारभूत फोटोग्राफी तालिम सम्पन्न


सन्तकुमार चौधरी
चितवन, कात्तिक १८ गते । चितवन फोटोग्राफी संघले आयोजना गरेको एकहप्ते आधारभूत फोटोग्राफी तालिम आइतवार सकिएको छ । नारायणगढस्थित संघको आफ्नै कार्यालयमा एक कार्यक्रमकाबीच तालिम समापन गरिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै चितवनका फोटोग्राफरहरुले फोटोग्राफीमा समेत चितवनलाई अब्बल बनाउन तालिम महत्वपूर्ण भएको बताएका थिए । तालिम संयोजक धुब्र सापकोटाले चितवनका व्यवसायीक फोटोग्राफरहरुलाई अब्बल बनाउन तालिम आयोजना गरेको बताउनुभयो ।

संघका उपाध्यक्ष समेत रहनुभएका सापकोटाले आगामी दिनमा पनि यस्ताखालका तालिमहरुलाई निरन्तरता दिँदैजाने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सहसचिव सन्तकुमार चौधरीले पोल्ट्री र कृषिमाजस्तै फोटोग्राफी पेशामा पनि चितवनले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

फोटोग्राफी पेशामा पनि सम्भावना राम्रो भएकाकारण जिल्लाभित्रका साना तथा ठूलो स्टुडियोहरुलाई समेत संघमा आवद्ध गराएर लैजान सुझाव समेत दिनुभयो । कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फवाट प्रदिप खरेल, प्रशिक्षक चन्द्रमान डगोंल लगायतले तालिमको औचित्यको बारेमा बोल्नुभएका थियो ।

कार्यक्रम संघका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्तिक १० गतेदेखि १७ गते सम्म तालिम आयोजना गरिएको थियो । तालिममा चितवनका २० जना फोटोग्राफरहरुको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया