छवटा आयोगमा सचिव तोकियो, जनजाति आयोगमा मात्र जनजाति सचिव


काठमाडौं, कात्तिक २५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानको व्यवस्था अनुसार छवटा आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ ।

मन्त्रालयको आज बसेको मन्त्रिस्तरीय बैठकको निर्णयबाट सो निर्णय भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताउनुभयो । निर्णयअनुसार राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका लागि सचिवहरु पठाउने निर्णय गरेको अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयमा कार्यरत सहसचिवलाई आयोगका सचिवमा प्रशासनिक कामकाजका लागि तोकिएको अधिकारीको भनाई छ ।

आयोगद्वारा खटाइएका सचिवमा राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेशी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारू आयोगमा रुपनारायण भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

आयोगमा सम्बन्धित समुदायकै सचिवको खाँचो रहेको सम्बन्धित समुदायको माग रहिआएको थियो । तर जनशक्ति नभएकाले प्राविधिक कारणले त्यस्तो हुन नसकेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया