वनभोज खान गएको ट्याक्टर पल्टिदाँ तीनजना थारुको निधन, केही घाइते


दिपिका चौधरी

उदयपुर, कात्तिक २५ गते । तिहारको देउँसी भैली खेलेर संकलन गरेको दक्षिणाबाट वनभोज खान गएको ट्याक्टर पल्टिदा तीनजना थारुको मृत्युभएको छ । मृत्यु हुनेमा दिपिका चौधरी (२०), विनिता चौधरी (१९) र इन्द्रदेव चौधरी (२०) रहेका छन् । वनभोज खाएर फर्किदै गर्दा राती करिब ९ बजे ट्याक्टर दुर्घटना भएको थियो ।

उदयपुरको बेल्का नगरपालिका २, बेलाह गाउँका चौधरीहरु आइतबार दुई ट्याक्टरमा वनभोज खान गएको स्थानीय सुदिप चौधरीले बताउनुभयो । उहाँकोअनुसार पछाडिको ट्याक्टरले अगाडिको ट्याक्टरलाई उछिन्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । दुई ट्याक्टरमा गरी ५४ जना थारु युवा युवति वनभोजका लागि गएका थिए ।

ए १ त ५८५० नम्बरको ट्याक्टर पल्टिदा त्यसमा सवार विपासा चौधरी, अजित चौधरी, अशोक चौधरी, प्रज्वल चौधरी प्रतिज्ञा चौधरी देविका चौधरी, एलिसा चौधरी, मन्दिरा चौधरी लगायतका घाइते भएको चौधरीले बताउनुभयो । सोमध्ये देविका, प्रज्वल, मन्दिराको अवस्था गम्भीर छ ।

तपाईको प्रतिक्रिया